Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

चेपाङ बस्तीमा स्वास्थ्य शिविर, एक सय १२ लाभान्वित


तनहुँ। व्यास नगरपालिका–११ राम्चेस्थित चेपाङ बस्तीमा रोटर्‍याक्ट क्लब अफ दमौलीले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका चेपाङ जातिलाई लक्षित गरी क्लबले शनिबार निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।

उक्त शिविरमा समाधान हस्पिटल प्रालि, दमौली आँखा अस्पताल, ‘ए’ वान डेन्टल क्लिनिक, व्यास डाइग्नोष्टिक प्रालि र रोटर्‍याक्ट त्रिभुवन विश्वविद्यालयको प्राविधिक सहयोग थियो भने स्वास्थ्यको सहज पहुँचबाट टाढा रहेका दुर्गम बस्तीमा हरेक वर्ष स्वास्थ्य शिविर आयोजना गर्ने योजना अनुसार रोटर्‍याक्टले दुर्गम चेपाङ बस्तीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको क्लबका अध्यक्ष अनुज विमलीले जानकारी दिए ।

शिविरबाट चेपाङ बस्तीका एक सय १२ जना लाभाविन्त भएका छन् । सो अवसरमा जनरल फिजिसियन, आँखा रोग विशेषज्ञ र दाँतसम्बन्धी विशेषज्ञबाट सेवा प्रदान गरिएको थियो । उक्त शिविरमा स्वास्थ्यपरीक्षणका साथै निःशुल्क औषधि प्रदान गरिएको थियो भने निःशुल्क मधुमेह परीक्षण र रक्तसमूह पहिचान गरिएको विमलीले जानकारी दिए।

उक्त क्लबले एक घर, एक फस्ट एड किट अभियान अन्तर्गत ४६ परिवारलाई प्राथमिक उपचार सामग्री हस्तान्तरण गरिएको क्लबका सचिव उमेश पौडेलले जानकारी दिएकाछन्। सो शिविरमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले चेपाङ समुदाय चेतनाकोस्तरमा धेरै पछाडि रहेकाले उनीहरुको स्वास्थ्य, शिक्षा लगायतका आधारभूत आवश्यकतामा पहुँच बढाउन सहयोग गर्ने बताएका छन्।


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?