Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

बागलुङ नगरपालिकाद्वारा बाँझो जग्गामा फलफूल खेती


गलकोट,बागलुङ। बसाइँरसाइका कारण खेतीयोग्य जमिन बाँझो बन्दै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोगको अभियान थालेको छ ।

उक्त नगरपालिकाले बाँझो जग्गामा रहेका कुकाठ हटाइ सुक्खा फलफूलखेतीका लागि स्थानीयलाई प्रेरित गर्दै आएको छ । फलस्वरुप नगरपालिकाका तित्याङ, मालिका, सिगाना र रायडाँडालगायतमा ओखर र किबीखेती सुरु गरिएको हो ।

त्यस्तै, बसाइँसराइलगायतका कारणले जनशक्ति अभावसँगै खेतीयोग्य जमिन बाँझिदै गएको छ भने बाँझो जग्गामा उम्रेका रुख तथा झाडी हटाएर ओखर र किबीखेती गर्न थालिएको हो । वडा नं ९ तितङमा दुई वर्षदेखि फलफूल प्रवद्र्धनात्क कार्यक्रम गर्दै आएको नगरपालिकाले यसवर्ष ओखर खेती सुरु गरेको हो ।

तित्याङको ४२ रोपनी खेतीयोग्य जग्गामा ओखरखेतीका लागि दुई सय ५० बिरुवा लगाइसकिएको नगरपालिकाले जनाएको छ भने सिगाना, मालिका र रायडाँडामा कूल एक सय ५० रोपनी जग्गामा पहिलो चरणमा ओखरखेती सुरु गरिएको नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

“पहिलो चरणमा ओखरखेती गरिएको र दोस्रो चरणमा किबीखेतीका लागि स्थानीयलाई बिरुवा वितरण गर्ने नगरपालिकाको योजना छ” प्रमुख श्रेष्ठले भन्नुभयो, “यसको उद्देश्य बाँझो जग्गा सदुपयोगसँगै स्थानीयवासीलाई आयआर्जनमा जोड्नु हो ।”

त्यसैगरी, चालु आर्थिक वर्षमा रु २० लाख ४० हजार बजेटबाट ओखर र किबीखेती विस्तार गर्न थालिएको नगरपालिकाका आर्थिक विकास समितिका संयोजक नारायण शर्मा पौडेलले बताए । सिँचाइको समस्या रहेका स्थानमा फलफूलखेती राम्रो गर्न सकिने भएकाले स्थानीयलाई त्यसतर्फ अग्रसर गराइएको नगरपालिकाका कृषि प्राविधिक राहुल केसीले बताए ।

फलफूल प्रबद्र्धन तथा ड्राइफ्रुट खेती विस्तार अभियान अन्तर्गत ७० प्रतिशत नयाँ बिरुवा लगाउने र ३० प्रतिशत पुरानो बगैँचा व्यवस्थापन गर्न सकिने केसीको भनाइ रहेको छ भने सो नगरपालिकाले यसवर्ष लगाउने भनेको एक हजार पाँच सयमध्ये दुई सय ५० बिरुवा लुम्बिनी वल्र्ड पिस फोरमले उपलब्ध गराएको हो ।

त्यस्तै, तित्याङमा दुई सय ५० ओखरका बिरुवा लगाइएको छ भने मालिकामा पाँच सय ओखरका बिरुवा लगाउन पठाइएको छ भने ओखरका विरुवा सुक्खा फलफुल विकास केन्द्र बैतडीबाट ल्याइएको केसीको भनाइ रहेको छ । सुक्खा फलफूल खेती अभियान प्रत्येक वडामा क्रमशः लागू हुने नगरपालिकाले जनाएको छ ।

प्रत्येक वडाको भूगोल र हावापानी सुहाउँदो फलफूलका बिरुवा रोप्ने कार्यक्रम अन्तर्गत समुद्र सतहदेखि एक हजार पाँच सय मिटरभन्दा माथिल्लो भागमा सुक्खा फलफूलखेती गर्न थालिएको छ । ओखरले पाँच वर्षमा उत्पादन दिन थाल्ने कृषि प्राविधिक बताउँछन् ।


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?