Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

ईभेन्टका लागि पोखरेलीको रोजाईमा ‘द लेकसाइड रिट्रिट’


पोखरा । सुन्दर पर्यटकीय नगरी पोखराको लेकसाईडमा रहेको द लेकसाइड रिट्रिट रिसोर्ट पछिल्लो सयम विभिन्न सेमिनार र पार्टीहरुको गन्तब्य बनेको छ । आइएमइ ग्रुप अन्तर्गत बेस्ट रिसोर्ट नेपाल प्रालिले सञ्चालन गरेको उक्त रिसोर्ट पोखरामा हुने विवाह, ब्रतबन्ध, बर्थ डे र विविध पार्टीहरुको लागि रोजाईमा पर्ने गरेको हो ।

पोखराको लेकसाईडकै अन्य विभिन्न होटल र रिसोर्ट भएतापनि यस रिसोर्टमा रहेको लोभलाग्दो गार्डेन, मनमोहक वातावरण र खुला ठाउँले सबैको रोजाईमा यो रिसोर्ट परेको हो । हरियालीसहित करिब ९ रोपनीमा रहेको रिसोर्ट प्राकृतिक, शान्त वातावरणमा रहेको हुँदा मिटिङ, स्तरीय सेमिनार र रिफ्रेसमेन्टका लागि निकै लाभदायी रहने गरेको रिसोर्टका अपरेसन म्यानेजर मनमोहन रिमालले जानकारी दिए ।

रिसोर्टमा विभिन्न पार्टीका लागि बुकिङ आउने क्रम वढेसँगै ७ सय देखि १ हजारजनासम्मको आउटडोर डाइनिङ, २०० वढी क्षमताको सेमिनार हल, स्विमिङ पुल बार, १५ जना क्षमताको क्लोज मिटिङ हल लगायत सुविधा थप गरेको म्यानेजर रिमालले बताए ।

रिसोर्टको हस्पिटालिटी, पारिवारिक वातावरण र सुपथ मूल्यका कारणले विवाह भोज होस् वा अन्य कुनै ईभेन्टको पार्टीका लागि अहिले धेरैले द लेकसाइड रिट्रिटलाई नै रोज्ने गरेका छन् । आगामी दिनमा पाहुनाहरुको सल्लाह, सुझावलाई आत्मसाथ गर्दै नयाँ सुविधाहरु थप्दै लगिने रिसोर्टका म्यानेजर रिमालको भनाइ छ । रिसोर्टमा सुविधा सम्पन्न चार वटा प्रिमियम कटेजसहित ४० वटा कोठा रहेका छन् । जसमा एक रातको न्यूनतम ६ हजारदेखिका प्याकेजहरु उपलब्ध रहेका छन् ।


प्रकाशित मिति: २८ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?