Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

ईभेन्टका लागि पोखरेलीको रोजाईमा ‘द लेकसाइड रिट्रिट’


पोखरा । सुन्दर पर्यटकीय नगरी पोखराको लेकसाईडमा रहेको द लेकसाइड रिट्रिट रिसोर्ट पछिल्लो सयम विभिन्न सेमिनार र पार्टीहरुको गन्तब्य बनेको छ । आइएमइ ग्रुप अन्तर्गत बेस्ट रिसोर्ट नेपाल प्रालिले सञ्चालन गरेको उक्त रिसोर्ट पोखरामा हुने विवाह, ब्रतबन्ध, बर्थ डे र विविध पार्टीहरुको लागि रोजाईमा पर्ने गरेको हो ।

पोखराको लेकसाईडकै अन्य विभिन्न होटल र रिसोर्ट भएतापनि यस रिसोर्टमा रहेको लोभलाग्दो गार्डेन, मनमोहक वातावरण र खुला ठाउँले सबैको रोजाईमा यो रिसोर्ट परेको हो । हरियालीसहित करिब ९ रोपनीमा रहेको रिसोर्ट प्राकृतिक, शान्त वातावरणमा रहेको हुँदा मिटिङ, स्तरीय सेमिनार र रिफ्रेसमेन्टका लागि निकै लाभदायी रहने गरेको रिसोर्टका अपरेसन म्यानेजर मनमोहन रिमालले जानकारी दिए ।

रिसोर्टमा विभिन्न पार्टीका लागि बुकिङ आउने क्रम वढेसँगै ७ सय देखि १ हजारजनासम्मको आउटडोर डाइनिङ, २०० वढी क्षमताको सेमिनार हल, स्विमिङ पुल बार, १५ जना क्षमताको क्लोज मिटिङ हल लगायत सुविधा थप गरेको म्यानेजर रिमालले बताए ।

रिसोर्टको हस्पिटालिटी, पारिवारिक वातावरण र सुपथ मूल्यका कारणले विवाह भोज होस् वा अन्य कुनै ईभेन्टको पार्टीका लागि अहिले धेरैले द लेकसाइड रिट्रिटलाई नै रोज्ने गरेका छन् । आगामी दिनमा पाहुनाहरुको सल्लाह, सुझावलाई आत्मसाथ गर्दै नयाँ सुविधाहरु थप्दै लगिने रिसोर्टका म्यानेजर रिमालको भनाइ छ । रिसोर्टमा सुविधा सम्पन्न चार वटा प्रिमियम कटेजसहित ४० वटा कोठा रहेका छन् । जसमा एक रातको न्यूनतम ६ हजारदेखिका प्याकेजहरु उपलब्ध रहेका छन् ।


प्रकाशित मिति: २८ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?