Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विपन्न बालबालिकालाई सम्मान


डुम्रे,तनहुँ। गाउँ सेवा कोष तनहुँले उदाहरणीय सामाजिक सेवा गर्दै आएको छ । कोषले सामाजिक क्षेत्रमा गरेको योगदानले जिल्लाका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अतिविपन्न वर्गलाई सहयोग पुगेको छ ।
त्यस्तै, भीम स्मृति दिवसका अवसरमा गाउँसेवा कोष तनहुँले भानु नगरपालिका–१२ कवाचितस्थित प्रधान कार्यालयमा एक कार्यक्रमका बीच ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अतिविपन्न बालबालिका र उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ भने चार ज्येष्ठ नागरिकलाई रु छ हजारसहित सम्मान गरिएको कोषका उपाध्यक्ष परशुराम गिरीले जानकारी दिएका छन्।
सत्र टोलका ३९ असहाय तथा अपाङ्गता भएका व्यक्तिलाई रु ४१ हजार आठ सय, एक सुत्केरीलाई रु आठ सय, ३३ उत्कृष्ट नतिजा ल्याउने जेहेन्दार विद्यार्थीलाई नगदसहित सम्मान गरिएको उनले बताए । अरनिको मावि, विद्यानिकुञ्ज मावि र सरस्वती मन्दिर माविका ३३ विद्यार्थीलाई रु ३३ हजार आठ सयसहित सम्मान गरिएको गिरीले बताएका छन् ।
उनका अनुसार तीन आधारभूत विद्यालयका २२ विद्यार्थीलाई रु १३ हजार तीन सय ८५ सहयोग गरिएको छ । उनले भने, “गञ्जविष्णु स्मृति पुरस्कार छ, कोही पनि सहारा नभएका असहाय व्यक्तिलाई उपलव्ध प्रदान गरिन्छ, प्रत्येक टोलबाट सङ्कलन गरी आएको सिफारिसमा एक जनालाई रु २५ हजारसहित पुरस्कृत गरिएको छ ।”
त्यसैगरी, कुल रु एक लाख २४ हजार नौ सय ५० रकम विद्यार्थी, ज्येष्ठ नागरिक, असहाय तथा अपाङ्गता भएका व्यक्ति तथा सुत्केरीलाई सम्मान गरिएको कोषले जनाएको छ भने उक्त कोषले तनहुँका विभिन्न क्षेत्रका सामाजिक सेवामा उदाहरणीय कार्य गर्दै आएको छ ।
कोष विद्यार्थी, ज्येष्ठ नागरिक, असहाय तथा अपाङ्गता भएका व्यक्तिको सहयोगमा लागिपरेको छ ।

प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?