Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विपन्न बालबालिकालाई सम्मान


डुम्रे,तनहुँ। गाउँ सेवा कोष तनहुँले उदाहरणीय सामाजिक सेवा गर्दै आएको छ । कोषले सामाजिक क्षेत्रमा गरेको योगदानले जिल्लाका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अतिविपन्न वर्गलाई सहयोग पुगेको छ ।
त्यस्तै, भीम स्मृति दिवसका अवसरमा गाउँसेवा कोष तनहुँले भानु नगरपालिका–१२ कवाचितस्थित प्रधान कार्यालयमा एक कार्यक्रमका बीच ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अतिविपन्न बालबालिका र उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ भने चार ज्येष्ठ नागरिकलाई रु छ हजारसहित सम्मान गरिएको कोषका उपाध्यक्ष परशुराम गिरीले जानकारी दिएका छन्।
सत्र टोलका ३९ असहाय तथा अपाङ्गता भएका व्यक्तिलाई रु ४१ हजार आठ सय, एक सुत्केरीलाई रु आठ सय, ३३ उत्कृष्ट नतिजा ल्याउने जेहेन्दार विद्यार्थीलाई नगदसहित सम्मान गरिएको उनले बताए । अरनिको मावि, विद्यानिकुञ्ज मावि र सरस्वती मन्दिर माविका ३३ विद्यार्थीलाई रु ३३ हजार आठ सयसहित सम्मान गरिएको गिरीले बताएका छन् ।
उनका अनुसार तीन आधारभूत विद्यालयका २२ विद्यार्थीलाई रु १३ हजार तीन सय ८५ सहयोग गरिएको छ । उनले भने, “गञ्जविष्णु स्मृति पुरस्कार छ, कोही पनि सहारा नभएका असहाय व्यक्तिलाई उपलव्ध प्रदान गरिन्छ, प्रत्येक टोलबाट सङ्कलन गरी आएको सिफारिसमा एक जनालाई रु २५ हजारसहित पुरस्कृत गरिएको छ ।”
त्यसैगरी, कुल रु एक लाख २४ हजार नौ सय ५० रकम विद्यार्थी, ज्येष्ठ नागरिक, असहाय तथा अपाङ्गता भएका व्यक्ति तथा सुत्केरीलाई सम्मान गरिएको कोषले जनाएको छ भने उक्त कोषले तनहुँका विभिन्न क्षेत्रका सामाजिक सेवामा उदाहरणीय कार्य गर्दै आएको छ ।
कोष विद्यार्थी, ज्येष्ठ नागरिक, असहाय तथा अपाङ्गता भएका व्यक्तिको सहयोगमा लागिपरेको छ ।

प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?