काठमाडौँ । सोमबार बसेको न्याय सेवा आयोगले सरुवा र लोकसेवा आयोगबाट परीक्षा पास भएका उपसचिवहरूलाई पदस्थापन गरेको छ। प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको आयोगको बैठकले दुई उपसचिव , एक उपन्यायाधिवक्ता र शाखा अधिकृततर्फ तीन जनाको सरुवा गरेको हाे । न्याय सेवा आयोगमा प्रधान न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा कानुनमन्त्री अजयकुमार चौरासिया,
काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशमा क्रियाशील राजनीति दल बिचमा संवाद र सहमतिबाट संविधान संशोधन गरिने बताउनु भएकाे छ । आतबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा संघीय संसद भवनमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री लेखकले यस्ताे बताउनु भएकाे हाे । साथै संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढीकरण संविधान संशोधन
हेटौंडा । मुख्यमन्त्री शालिकराम जम्कट्टेलकाे राजीनामासँगै बागमतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन आह्वान गरेका छन् । उनले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार मिलिजुली सरकार गठनको आह्वान गरेका हुन् ।
हेटौंडा । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । आइतबार बसेकाे प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् । यसअघि जम्कट्टेलले विश्वासकाे मत लिन प्रयाेजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।
सन्जिब दुलाल, भक्तपुर । भक्तपुर जिल्ला अदालतबाट १३ सय ९६ वर्ष ६ महिना ३ दिन कैद तथा जरिवाना भुक्तान बाँकी रहेको पाइएको छ । भक्तपुर जिल्ला अदालतको तहसिलको अभिलेख अनुसार फैसला कार्यान्वयन अन्तर्गत १३ सय ९६ वर्ष ६ महिना ६ महिना ३ दिन कैद भुक्तान हुन बाँकी रहेको हो । भक्तपुर जिल्ला
काठमाडौं । परराष्ट्र मन्त्रालयले बंगलादेशमा नेपाली विद्यार्थीहरू सुरक्षित रहेको बताएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै ढाकास्थित नेपाली दूतावासकै सहयोगमा त्यहाँका सबै विद्यार्थी सुरक्षित रहेको बताएको हो । विद्यार्थीको थप सहजताका लागि निरन्तर प्रयास भइरहेको मन्त्रालयले जनाएको छ ।
काठमाडाैं । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले शिष्टाचार भेटघाट गर्नुभएको छ । गृहमन्त्री लेखककाे सचिवालयका अनुसार गृह मन्त्रालयमा भेट भएकाे हाे।
काठमाडौं । नव गठित सरकारका मन्त्रीहरूलाई कांग्रेस नेता नैनसिंह महरले सिंहदरबारमा खादा, माला र बधाई थाप्न व्यस्त हुनुभन्दा बाढीपहिरोबाट प्रभावित बनेका जनताको उद्धारमा खट्न आग्रह गरेका छन्।काठमाडौंमा आयोजित कार्यक्रममा संचारकर्मीहरु संग आफ्नो धारणा राख्दै नेता महरले मन्त्री नियुक्त भएको हप्तौंसम्म खादा र माला थाप्नमै व्यस्त हुनु फजुलमा समय खेर फाल्नु
काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा गुडिरहेको एक बसबाट धुँवाको मुस्लो निस्किएपछि यात्रुहरुलाई ओरालिएको छ । भक्तपुरबाट काठमाडौंको रत्नपार्क जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९५५४ नम्बरको बस नयाँबानेश्वरस्थित संसद भवन नजिक आइपुग्दा धुँवैधुवाँ भएको थियो ।
काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत चिनियाँ राजदूत चेन सोङ्गले परराष्ट्रमन्त्री डा.आरजु राणासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।चिनियाँ राजदूत चिनियाँ राजदूत सोङ्ग र परराष्ट्रमन्त्री राणाबीच बुधवार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । शिष्टाचार भेटमा चिनियाँ राजदूत सोङ्गले परराष्ट्र मन्त्री नियुक्त हुनुभएकोमा राणालाई बधाई दिनुका साथै कार्यकालको सफलताको शुभकामना दिए ।