Trending
>>   मौसम : यी प्रदेशमा आज मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना >>   आज मिति २०८१ साल असोज २९ गते मंगलबार, हेर्नुहोस आजको राशिफल >>   परिक्षणको रुपमा लगाएको अमेरिकन जातको स्ट्रेवेरी उत्पादन सफल >>   कुलमान घिसिङ्ग लाई किन हटाउने सरकार ? >>   मध्यपुर थिमि सहकारीको थिमि भैलः २०८१ लाई सम्मान >>   सर्बाधिक सन्तुष्ट ग्राहक सर्भेमा नथिङ बन्यो नम्बर एक >>   कृष्णको ‘माखायात ग्वंग: माः भिडियोमा किरण र आराध्या ( भिडियो ) >>   आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट >>   सवारी दुर्घटनामा तीन जनाको मृत्यु >>   १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी अभियोगमा सन्तराम पक्राउ
Logo
२९ आश्विन २०८१, मंगलवार
२९ आश्विन २०८१, मंगलवार

सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छः गृहमन्त्री लेखक


काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकारले विपद्पछि खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम प्राथमिकताका साथ गरिरहेको बताएका छन् ।

मङ्गलवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले असोज ११ र १२ गतेको विपद्पछि सरकार तत्कालै खोज तथा उद्धारमा सक्रिय भएको बताएका छन् । त्यसपछि राहत वितरण, घाइतेहरुको उपचार र अवरुद्ध भएका सडक सञ्जालहरु सुचारु गर्नका लागि सरकार क्रियाशिल भइरहेको बताए । उनले विभिन्न सडक मार्गमा अलपत्र परेका यात्रुहरुलाई हेलिकप्टरमार्फत उद्धार गरिएको र बिरामीहरुलाई सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको पनि बताएका छन् । त्यस्तै सडक सञ्जाल मर्मतको कामपनि सबै अवरुद्ध भएका ठाउँहरुमा चलिरहेको उनले उल्लेख गरेका छन् । गृहमन्त्री लेखकले ललितपुरको नख्खुमा बाढीमा परेका सर्वसाधारणहरुलाई समयमै उद्धार गर्नका लागि सरकार पुगेको भएपनि सम्भव नभएको प्रष्ट्याएका छन्।

नख्खु बाढीमा टिनको छानामाथि बसेर गुहार मागिरहेका नागरिकहरुलाई समयमै उद्धार गर्न नसक्दा उनीहरु बगेको र सो कुराको सांसदहरुले आलोचना गरेसँगै उनले त्यहाँ उद्धारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी पुगेको भएपनि प्रतिकुल मौसमका कारण उद्धार सम्भव नभएको बताएका छन् ।

उनले भने,‘नख्खुमा सरकारको उपस्थिति भएन, सरकार पुग्नै सकेन । सरकारले हेर्नै सकेन भन्ने होइन । हामीले प्रयत्न गरेको हो । सशस्त्र प्रहरी, नेपाल प्रहरी पनि त्यहाँ गएको छ । प्रहरीले उहाँहरुलाई उद्धार गर्ने प्रयत्न गरेको छ । हेलिकप्टरबाट पनि उद्धार गर्न सकिन्छ कि भनेर प्रयास गरिएको हो । प्रतिकुल मौसमका कारणले भएन । प्रयत्न गर्दागर्दै पनि उहाँहरु बग्नुभयो । ३ जनाको उद्धार भयो । २ जना बेपत्ता भएको अवस्था छ । सरकारको उपस्थिति नभएको, जाँदै नगएको, हेर्दै नहेरेको होइन । कोशिस गरेको हो । मृतकको परिवारलाई गृह मन्त्रालयले घोषणा गरे अनुरुपको दुई लाख रुपैयाँ ललितपुर जिल्लाले त आजै दिन सक्ने भनेको छ । आवश्यकता भएको जिल्ला व्यवस्थापन समितिहरुमा प्राधिकरणबाट आवश्यक रकम पठाइएको छ । यदि राहतका लागि रकमको अभाव भयो भने तत्काल रकम उपलब्ध गराइने कुरा सबैलाई जानकारी गराइएको छ । त्यसको सुुनिश्चितता गरिएको छ । हामी अहिले खोज, उद्धार, राहत, बिरामीहरुको उपचार, घाइतेहरुको उपचार र सडक आवागमनलाई सुचारु गर्ने विषयमा केन्द्रीत भएका छौँ । र त्यसमा लाग्छौँ । यसपछि बिस्तृत क्षतिको जानकारी लिएर पुर्ननिर्माणका कामहरु, अरु पनि धेरै कामहरु गर्नेछौँ ति कामहरु गर्नेछौँ ।’

गृहमन्त्री लेखकले विपद्मा परी हालसम्म २१८ जनाको मृत्यु, १४३ जना घाइते र २७ जना बेपत्ता भएको उहाँले बताएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्वयंसेवकहरुले ४ हजार २२२ जनाको सुरक्षित उद्धार गरेको पनि उनले जानकारी दिए ।


प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?