Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

महिलाहरुलाई मानव पुँजीको रुपमा लिँदै अवसरहरु दिनुपर्छः भुसाल


काठमाडौँ । नेपाली काँग्रेसकी केन्द्रिय सदस्य पुष्पा भुसालले महिलाहरुलाई मानव पुँजीको रुपमा नलिएसम्म देश धनि बन्न नसक्ने बताएकी छिन् ।

आईतवार नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)ले काठमाडौंमा आयोजना गरेको महिला सुरक्षाका चुनौती र समाधान विषयक अन्तरक्रियामा बोल्दै उनले महिलाहरुलाई मानव पुँजीको रुपमा लिदैँ सोही अनुरुपको अवसरहरु दिनुपर्ने बताएकी छिन् । उनले महिलाहरुको श्रमलाई उत्पादन र विकाससँग जोड्नुपर्नेमा जोड दिनुपर्ने बताउदै उनले महिलाहरुले बजार व्यवस्था र अर्थ व्यवस्थामा नेतृत्व गरेका देशहरु धनि भएको उदाहरण दिँदै उनले महिलाहरुलाई अवसर नदिएमा देश धनि बन्न नसक्ने ठोकुवा गरेकी छिन् ।

उनले भनिन, ‘अब नेपालको महिलाहरुलाई महिला होइन मानव पुँजी भनेर जबसम्म महिलाहरुलाई, महिलाहरुको श्रमलाई जबसम्म उत्पादनसँग जोड्दैनौँ । महिलाहरुको श्रमलाई जबसम्म विकाससँग जोड्दैनौँ । महिलाको श्रमलाई जबसम्म हामी अर्थतन्त्रसँग जोड्दैनौँ हामी विकसित मुलुकमा प्रवेश गर्दैछाँै भन्ने ठूलो चुनौती नेपाल सरकारको सामु आएको छ । महिलाहरु मानव पुँजी हुन् । बजार व्यवस्था, अर्थ व्यवस्थामा महिलाहरुको नेतृत्व भएका देशहरु धनि छन् । महिला गरिब छन्, महिलालाई धनि बनाउनुपर्छ होइन । मुलुकलाई धनि बनाउनलाई जबसम्म महिलाहरुलाई मानव पुँजीको रुपमा हामी अबसर दिदैनौँ । देश धनि हुँदैन भन्ने कुरा ठोकुवाका साथ हामीले भन्नुपर्ने हुन्छ ।’

उनले महिलाहरुको सुरक्षालाई राज्यले प्राथमिकतामा राख्न नसकेको बताइन्।


प्रकाशित मिति: १३ आश्विन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?