Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

महिलाहरुलाई मानव पुँजीको रुपमा लिँदै अवसरहरु दिनुपर्छः भुसाल


काठमाडौँ । नेपाली काँग्रेसकी केन्द्रिय सदस्य पुष्पा भुसालले महिलाहरुलाई मानव पुँजीको रुपमा नलिएसम्म देश धनि बन्न नसक्ने बताएकी छिन् ।

आईतवार नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)ले काठमाडौंमा आयोजना गरेको महिला सुरक्षाका चुनौती र समाधान विषयक अन्तरक्रियामा बोल्दै उनले महिलाहरुलाई मानव पुँजीको रुपमा लिदैँ सोही अनुरुपको अवसरहरु दिनुपर्ने बताएकी छिन् । उनले महिलाहरुको श्रमलाई उत्पादन र विकाससँग जोड्नुपर्नेमा जोड दिनुपर्ने बताउदै उनले महिलाहरुले बजार व्यवस्था र अर्थ व्यवस्थामा नेतृत्व गरेका देशहरु धनि भएको उदाहरण दिँदै उनले महिलाहरुलाई अवसर नदिएमा देश धनि बन्न नसक्ने ठोकुवा गरेकी छिन् ।

उनले भनिन, ‘अब नेपालको महिलाहरुलाई महिला होइन मानव पुँजी भनेर जबसम्म महिलाहरुलाई, महिलाहरुको श्रमलाई जबसम्म उत्पादनसँग जोड्दैनौँ । महिलाहरुको श्रमलाई जबसम्म विकाससँग जोड्दैनौँ । महिलाको श्रमलाई जबसम्म हामी अर्थतन्त्रसँग जोड्दैनौँ हामी विकसित मुलुकमा प्रवेश गर्दैछाँै भन्ने ठूलो चुनौती नेपाल सरकारको सामु आएको छ । महिलाहरु मानव पुँजी हुन् । बजार व्यवस्था, अर्थ व्यवस्थामा महिलाहरुको नेतृत्व भएका देशहरु धनि छन् । महिला गरिब छन्, महिलालाई धनि बनाउनुपर्छ होइन । मुलुकलाई धनि बनाउनलाई जबसम्म महिलाहरुलाई मानव पुँजीको रुपमा हामी अबसर दिदैनौँ । देश धनि हुँदैन भन्ने कुरा ठोकुवाका साथ हामीले भन्नुपर्ने हुन्छ ।’

उनले महिलाहरुको सुरक्षालाई राज्यले प्राथमिकतामा राख्न नसकेको बताइन्।


प्रकाशित मिति: १३ आश्विन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?