काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्याबाट समाधानका लागि यसपटक स्पष्टरुपमा दाबी पेश गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीले दाहालले भने, “जलवायुको मुद्दामा नेपालले महत्वपूर्ण पहल लिन सक्छ । यो मुद्दामा विश्वलाई नै हामीले नेतृत्व गर्ने गरी हामी प्रस्तुत हुनुपर्छ ।” कोप–२८ मा नेपाल कसरी प्रस्तुत
काठमाडौं । नेपाल बैंक लिमिटेडको नाफामा ७६ प्रतिशतको गिरावट आएको छ । उक्त बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार तीन महिनामा खुद नाफा १४ करोड २३ लाखमा खुम्चिएको छ भने गत वर्षको यस अवधिमा बैंकले ६० करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढ्दा
काठमाडौं। टी–२० विश्वकप छनोटका लागि नेपालले युएईविरुद्ध जितका लागि १३५ रनको लक्ष्य पाएको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोडेको छ । त्यस्तै, नेपालका कुशल मल्लले ३, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १–१
काठमाडौं। नेपाली बजारमा साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाला सुन २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य भने २५ रुपैयाँले घटेर तोलामा १ हजार
काठमाडौं । रामेछापस्थित मन्थली विमानस्थलमा हात हालाहाल गर्ने दुई पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउण्डेड गरेको छ । प्राधिकरणका अनुसार तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स सस्पेन्समा परेको हो । उनीहरुबारे थप अनुसन्धान हुने र कारवाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ । त्यस्तै तारा एयरका प्रवक्ता
काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा युएईविरुद्ध नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका छन् । उनले दशौं ओभरको अन्तिम बलमा आसिफ खानलाई एलबीडल्बु आउट गरेका हुन् । यो सँगै युएईले तेस्रो विकेट गुमाएको छ । यसअघि सोमपाल कामीले एकै ओभरमा दुई विकेट लिएका थिए भने उनले कप्तान मोहमद वासिम
काठमाडौं। नेपालस्थित भारतीय राजदूतावासले आठौँ आयुर्वेद दिवसका अवसरमा परम्परागत चिकित्सा विशेषगरी आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्य सम्भावनाबारे एक कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले आयुर्वेद नेपालको स्वास्थ्य सेवाको मान्यताप्राप्त प्रणाली भएको उल्लेख गर्नुका साथै
काठमाडौं। बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउन थालेको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका
काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरेर गए राति स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी सीताराम खड्काले स्वागत गरेका थिए । त्यस्तै प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना भएको बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी भएको थिए भने बेइजिङमा उनी र चिनियाँ जनमुक्ति सेना,
काठमाडौं । सिंहदरबार परिसरभित्र र त्यस वरपरका क्षेत्रमा शनिबार बिहान चार घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत कार्य गर्नुपर्ने भएकाले शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । उक्त प्राधिकरणले आज जारी गरेको सूचनामा