Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

डाक्टर कुटपिटको विरोधमा पाटन अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प


काठमाडौं। चिकित्सकमाथि कुटपिट गरेको विरोधमा पाटन अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । चिकित्सकमाथि कुटपिट गर्नेमाथि कारबाही गर्न माग गर्दै आवासीय चिकित्सकहरु नै विरोध प्रदर्शनमा उत्रिएपछि सो अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको हो । प्रचलित कानून बमोजिम चिकित्सकमाथि आक्रमण गर्नेहरुलाई कारबाही नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने चिकित्सक डा. दिक्षान्त आचार्यले चेतावनी दिए । उनले चिकित्सकलाई बन्धक बनाउने, कुटपिट गर्नेलाई कारबाही गर्ने काम नगरेको भन्दै सरकार र प्रहरी प्रशासनप्रति पनि आक्रोश व्यक्त गरे । सो अस्पतालमा गत कार्तिक १८ गते शनिवार ज्येष्ठ नागरिक वार्डमा उपचाररत दुई बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले चिकित्सकमाथि कुटपिट गरी बन्धक बनाएको आन्दोलनरत चिकित्सकहरुको भनाइ रहेको छ ।

डा. आचार्यले भने, ‘डाक्कटरमाथि कुटपिट गर्नेहरुमाथि किन अहिलेसम्म कारबाही भइराखेको छैन, किन समातिएन रु त्यही बेला किन समातिएन रु यो कुरा चाँही हामीलाई पनि प्रश्न हो । र यसमा जोजो सम्बन्धिन निकाय रहेका छन् । उनीहरुलाई पनि यही प्रश्न हो । यसैकारण हामी आन्दोलित छौं । हामीले गल्ती नगरिकन गल्ती गरेको भन्ने जस्ता शब्दहरु, लापरबाही गरेको भन्ने जस्ता शब्दहरु प्रयोग नगर्नुस् भनेको हो ।’ उनले भने, ‘हाम्रो इच्छा त बिरामीले राम्रो उपचार पाउनु पर्‍यो । विरामीले राम्रो सेवा पाउनुपर्‍यो । हाम्रो जो डाक्टर सावहरुलाई कुटियो । जोजो पीडक पक्षहरु छन् । उनीलाई प्रहरीले नियन्त्रणमा लिनुपर्‍यो भन्ने माग छ ।’ उनीहरुले चिकित्सकमाथि कुटपिट गर्ने कार्यमा संलग्नहरुलाई सरकारले कारबाही नगरेसम्म आफूहरुको आन्दोलन नरोकिने बताएका छन् ।


प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?