Trending
>>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने >>   नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनियताको शपथ ग्रहण >>   फागुन २१ मा जसरी पनि निर्वाचन हुनुपर्छः पुष्पकमल दाहाल >>   तीन सय बढी जेन–जी युवा रास्वपामा प्रवेश
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

भूकम्प पीडितलाई १० लाख सहयोग गर्ने अखिल क्रान्तिकारीको निर्णय


काठमाडौं। नेकपा माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितहरुका लागि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
आज मंगलवार कोटेश्वर पेरिसडाँडामा बसेको संगठनको कार्यालयको बैठकले आफ्नै संगठनका सदस्यहरुसँग आन्तरिक रुपमा रकम संकलन गरेर भूकम्प पीडितहरुलाई सहयोग गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष नरेश रेग्मीले जानकारी दिए । भूकम्प गएलगत्तै अखिल क्रान्तिकारी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनामा सक्रिय रहेको उनले बताए । उनका अनुसार अखिल क्रान्तिकारीले भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि सहयोग होस् भनेर रक्तदान लगायतका कार्यक्रम समेत गर्दै आएको छ । आर्थिक संकलनका लागि संगठनको कार्यालय टिम, पदाधिकारी, सदस्यहरुको लागि फरक–फरक मापदण्ड बनाइएको छ । उक्त रकम संकलनका लागि अध्यक्षदेखि महासचिव पदसम्मकालाई पाँच हजार, त्यसभन्दा तल्लो पदका पदाधिकारीलाई तीन हजार, केन्द्रीय सदस्यहरुलाई एक हजार र प्रदेश कमिटी सदस्यहरुलाई ५०० रुपैयाँ तोकिएको उपाध्यक्ष रेग्मीले जानकारी दिए ।

 


प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?