Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

भूकम्प पीडितलाई १० लाख सहयोग गर्ने अखिल क्रान्तिकारीको निर्णय


काठमाडौं। नेकपा माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितहरुका लागि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
आज मंगलवार कोटेश्वर पेरिसडाँडामा बसेको संगठनको कार्यालयको बैठकले आफ्नै संगठनका सदस्यहरुसँग आन्तरिक रुपमा रकम संकलन गरेर भूकम्प पीडितहरुलाई सहयोग गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष नरेश रेग्मीले जानकारी दिए । भूकम्प गएलगत्तै अखिल क्रान्तिकारी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनामा सक्रिय रहेको उनले बताए । उनका अनुसार अखिल क्रान्तिकारीले भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि सहयोग होस् भनेर रक्तदान लगायतका कार्यक्रम समेत गर्दै आएको छ । आर्थिक संकलनका लागि संगठनको कार्यालय टिम, पदाधिकारी, सदस्यहरुको लागि फरक–फरक मापदण्ड बनाइएको छ । उक्त रकम संकलनका लागि अध्यक्षदेखि महासचिव पदसम्मकालाई पाँच हजार, त्यसभन्दा तल्लो पदका पदाधिकारीलाई तीन हजार, केन्द्रीय सदस्यहरुलाई एक हजार र प्रदेश कमिटी सदस्यहरुलाई ५०० रुपैयाँ तोकिएको उपाध्यक्ष रेग्मीले जानकारी दिए ।

।

 


प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?