Trending
>>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने >>   नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनियताको शपथ ग्रहण >>   फागुन २१ मा जसरी पनि निर्वाचन हुनुपर्छः पुष्पकमल दाहाल >>   तीन सय बढी जेन–जी युवा रास्वपामा प्रवेश
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

भूकम्पपीडितलाई सहयोग जुट्दै


काठमाडौं। जाजरकोट भूकम्पपीडितका लागि विभिन्न स्थानीय तह र सङ्घसंस्थाले सहयोगको घोषणा गरिरहेका छन् । काठमाडौं महानगरपालिकाले जाजरकोट तथा रुकुमपश्चिमका भूकम्पबाट प्रभावितका लागि खाद्यन्नलगायतका सामग्री पठाउने तयारी गरेको छ । भूकम्प प्रभावित क्षेत्रमा प्रतिपरिवार १० किलो चामल, दुई किलो चिउरा, एक किलो दाल, एक किलो नून र एक लिटर खाने तेल पठाउनका लागि तयारी भइरहेको महानगरका प्रहरी प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए । त्यसैगरी पाल्पाको रामपुर नगरपालिकाले रु एक लाख ५१ हजार एक सय ११ सहित राहत सामग्री पठाउने भएको छ भने नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पश्चिम नवलपरासीका दुईपालिकाले भूकम्पपीडितलाई आर्थिक सहयोग गरेका छन् । जिल्लाको बर्दघाट नगरपालिका र प्रतापपुर गाउँपालिकाले आर्थिक सहयोग गरेको जनाएको छ । जसमा बर्दघाट नगरपालिकाले रु दुई लाख र प्रतापपुर गाउँपालिकाले रु दुई लाख २५ हजार घोषणा गरेका हुन् । साथै मध्यपश्चिम विश्वविद्यालयले भूकम्पपीडितलाई रु १२ लाख बराबरको राहत सहयोग गरेको छ ।

त्यसैगरी जुम्लाका तीन स्थानीय तहले पनि रु १६ लाख सहयोग गर्ने जनाएका छन् । तातोपानी गाउँपालिकाले राहतका लागि रु १० लाख दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले जानकारी दिए । पातारासी गाउँपालिकाले रु पाँच लाख सिंजा गाउँपालिकाले रु एक लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष जम्मा गर्ने भएका हुन् । त्यसैगरी काठमाडौंमा सञ्चालित आइएसएमटी कलेजले पनि भूकम्पपीडितका लागि उक्त कोषमा रु पाँच लाख सहयोग गर्ने घोषणा गरेको छ ।


प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?