Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

भूकम्पपीडितलाई सहयोग जुट्दै


काठमाडौं। जाजरकोट भूकम्पपीडितका लागि विभिन्न स्थानीय तह र सङ्घसंस्थाले सहयोगको घोषणा गरिरहेका छन् । काठमाडौं महानगरपालिकाले जाजरकोट तथा रुकुमपश्चिमका भूकम्पबाट प्रभावितका लागि खाद्यन्नलगायतका सामग्री पठाउने तयारी गरेको छ । भूकम्प प्रभावित क्षेत्रमा प्रतिपरिवार १० किलो चामल, दुई किलो चिउरा, एक किलो दाल, एक किलो नून र एक लिटर खाने तेल पठाउनका लागि तयारी भइरहेको महानगरका प्रहरी प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए । त्यसैगरी पाल्पाको रामपुर नगरपालिकाले रु एक लाख ५१ हजार एक सय ११ सहित राहत सामग्री पठाउने भएको छ भने नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पश्चिम नवलपरासीका दुईपालिकाले भूकम्पपीडितलाई आर्थिक सहयोग गरेका छन् । जिल्लाको बर्दघाट नगरपालिका र प्रतापपुर गाउँपालिकाले आर्थिक सहयोग गरेको जनाएको छ । जसमा बर्दघाट नगरपालिकाले रु दुई लाख र प्रतापपुर गाउँपालिकाले रु दुई लाख २५ हजार घोषणा गरेका हुन् । साथै मध्यपश्चिम विश्वविद्यालयले भूकम्पपीडितलाई रु १२ लाख बराबरको राहत सहयोग गरेको छ ।

त्यसैगरी जुम्लाका तीन स्थानीय तहले पनि रु १६ लाख सहयोग गर्ने जनाएका छन् । तातोपानी गाउँपालिकाले राहतका लागि रु १० लाख दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले जानकारी दिए । पातारासी गाउँपालिकाले रु पाँच लाख सिंजा गाउँपालिकाले रु एक लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष जम्मा गर्ने भएका हुन् । त्यसैगरी काठमाडौंमा सञ्चालित आइएसएमटी कलेजले पनि भूकम्पपीडितका लागि उक्त कोषमा रु पाँच लाख सहयोग गर्ने घोषणा गरेको छ ।


प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?