Trending
>>   ०८४ मा १९० सिट ल्याउने रास्वपा सांसद खनालको दाबी >>   ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुँदै मकवानपुरका किसान >>   आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै >>   अलास्कामा ट्रम्प–पुटिन भेट : फलदायी छलफल भए पनि कुनै सम्झौता भएन >>   साप्ताहिक राशिफल :२०८२ साउन ३१ देखि भाद्र ७ सम्मका लागि >>   उद्योगहरुले प्रयोग गरेको विद्युत महशुल तिर्नैपर्छ, सरकारले तिर्नुपर्दैन भनेको छैनः मन्त्री खड्का >>   नेपाल पर्वतारोहण संघमा फुर गेल्जे शेर्पा समूहको उम्मेदवारी घोषणा >>   भारतको ७९ औँ स्वतन्त्रता दिवसः युवा रोजगारीमा एक लाख करोड रुपैयाँ खर्च गर्ने प्रतिवद्धता >>   श्रमीक स्वस्थ भए मुलुक स्वस्थ हुन्छः श्रममन्त्री भण्डारी >>   सांसद गैरेको प्रश्नः नागरिकता लिन महिलाले स्वघोषणा गर्नुपर्ने, पुरुषले नपर्ने ?
Logo
३१ श्रावण २०८२, शनिबार
३१ श्रावण २०८२, शनिबार

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम अघि बढाउने तयारी


काठमाडौं। चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तिहारलगत्तै अघि बढ्ने भएको छ । बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको साझेदारीमा निर्माण अघि बढाउने समझदारी भएको हो । उक्त महानगरपालिकाका अनुसार आज बागमती प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयमा उक्त समझदारी भएको हो । अधिकारीका अनुसार उक्त रकममा धुर्मुस सुन्तली फाउन्डेसनले काम गर्दा लागेको १८ करोड ऋण भने समेटिएको छैन भने उक्त ऋण संघीय सरकारमार्फत नै तिर्ने मौखिक सहमतिपछि रङ्गशालाको बाँकी निर्माण अघि बढाइने भएको हो । त्यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल, प्रदेशका अर्थ र खेलकुदमन्त्री तथा भरतपुर महानगरका मेयर रेनु दाहालसहित महानगरपालिकाका टिमको उपस्थितिमा समझदारी भएको हो । समझदारीअनुसार पहिलो चरणमा ७५ करोड लागतको काम अघि बढ्नेछ र उक्त लागतको ७० प्रतिशत बागमती प्रदेश सरकार र ३० प्रतिशत भरतपुर महानगरपालिकाले व्यहोर्ने जनाइएको छ ।

 


प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?