Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम अघि बढाउने तयारी


काठमाडौं। चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तिहारलगत्तै अघि बढ्ने भएको छ । बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको साझेदारीमा निर्माण अघि बढाउने समझदारी भएको हो । उक्त महानगरपालिकाका अनुसार आज बागमती प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयमा उक्त समझदारी भएको हो । अधिकारीका अनुसार उक्त रकममा धुर्मुस सुन्तली फाउन्डेसनले काम गर्दा लागेको १८ करोड ऋण भने समेटिएको छैन भने उक्त ऋण संघीय सरकारमार्फत नै तिर्ने मौखिक सहमतिपछि रङ्गशालाको बाँकी निर्माण अघि बढाइने भएको हो । त्यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल, प्रदेशका अर्थ र खेलकुदमन्त्री तथा भरतपुर महानगरका मेयर रेनु दाहालसहित महानगरपालिकाका टिमको उपस्थितिमा समझदारी भएको हो । समझदारीअनुसार पहिलो चरणमा ७५ करोड लागतको काम अघि बढ्नेछ र उक्त लागतको ७० प्रतिशत बागमती प्रदेश सरकार र ३० प्रतिशत भरतपुर महानगरपालिकाले व्यहोर्ने जनाइएको छ ।

 


प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?