Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

वागमती


१९औं एसियाली खेलकुदमा सहभागी भई स्वदेश फर्किए नेपाली खेलाडी (फोटोफिचर):-

काठमाडौंं । चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदमा सहभागी भएर नेपाली टोली स्वदेश फर्किएको छ । एक रजक र एक कास्यपदक जितेर फर्किएको टोलीलाई राष्ट्रिय खेलकुद परिषद र खेलाडीका आफन्तजनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । उनीहरुले खेलाडीलाई खादा र फूलले स्वागत गरेका थिए । नेपाली महिला कबड्डी टोलीले कास्य

इजरायलमा घाइते भएका दाङका प्रविण डाँगीको शल्यक्रिया सफल

काठमाडौं । इजरायलमा घाइते भएका दाङका प्रविण डाँगीको अस्पतालमा शल्यक्रिया भएको छ । शल्यक्रिया सफल भएको उनले अस्पतालको बेडबाटै जानकारी गराउदै एक भिडियोमा उनले यो सन्देश आफ्नो घरसम्म पुर्याइदिन समेत भनेका छन् । दाङको दंगीशरण गाउँपालिका–३ हेकुली घर भई इजरायलमा रहेका २२ वर्षीय प्रविण डाँगीलाई खुट्टामा गोली लागेको थियो ।

श्रममन्त्री र आईएलओकी निर्देशकबीच भेटवार्ता

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारी र जर्मनीस्थित अन्तर्राष्ट्रिय श्रम संगठन बर्लिन ब्यूरोकी निर्देशक डा. एनेट निडेरफ्राङ्‍के बीच भेटवार्ता भएको छ ।बर्लिनस्थित नेपाली राजदूतावासमा उनीहरुबीच भेटवार्ता भएको हो । सो क्रममा मर्यादित एवं सुरक्षित श्रम आप्रवासन र नेपाली कामदारलाई सामाजिक सुरक्षामा सहकार्य गर्नेबारे छलफल भएको मन्त्री

इजरायल सरकारप्रति नेपालको ऐक्यवद्धता

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायल सरकारप्रति नेपालले ऐक्यवद्धता व्यक्त गरेको जानकारी दिएका छन् । मंगलबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई इजरायलमा भएको हमास समूहको आक्रमण र त्यसबाट नेपालीहरु प्रभावित भएको विषयमा जानकारी गराएका छन् । त्यसक्रममा उनले भनेका छन्, ‘परराष्ट्र मन्त्रालयले इजरायलमा घटना घटेकै दिन असोज २० गतेदेखि नियमित

इजरायलमा नेपालीको अवस्थाबारे सरकारले छिटो–छिटो जानकारी दिनुपर्छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले हमासले आक्रमण गरेपछि इजरायलमा नेपालीको अवस्थाबारे जनतालाई छिटो-छिटो जानकारी दिनुपर्ने बताएका छन् । साथै उनले अनलाइनको पहुँचमा नभएकाहरुलाई कसरी सम्पर्क गर्ने भन्ने विषयमा पनि ध्यान दिन सरकारलाई सुझाव समेत दिएका छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्दै नेता सिंहले भने,

इजरायल भ्रमण नगर्न सरकारको आग्रह

काठमाडौं । सरकारले इजरायलमा कुनै पनि प्रकारको भ्रमण नगर्न सुझाव दिएको छ । इजरायलको अवस्था अझै सामान्य नभएकाले सोमबारको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले कुनै पनि संस्थागत, राजनीतिक वा व्यक्तिगत भ्रमण नगर्न सुझाव दिएका हुन् । उनले इजरायलमा रहेका नेपालीहरुको अवस्थाबारे समितिमा जानकारी समेत गराए । मन्त्री

राष्ट्रिय शोक : राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं । राष्ट्रियसभाको आजका लागि तोकिएको बैठक राष्ट्रिय शोक परेका कारण स्थगन भएको छ । आज बिहान ११ः१ बजेका लागि तोकिएको बैठक यही असोज २६ गते शुक्रबार बिहान ११ः३१ बजे बस्ने गरी अध्यक्ष गणेशपसाद तिमिल्सिनाले निर्धारण गर्नुभएको सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा जनाइको छ । इजरायलमा मारिएका

प्रिमियर कप खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौं । एसिसी यू–१९ प्रिमियर कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले काठमाडौंमा एक कार्यक्रम गरी टोलीको बिदाइ गरेको हो । टोलीलाई बिदाइ गर्दै क्यानका सचिव पारस खड्काले यू–१९ टिम गरेको प्रदर्शन सिनियर टिममा आउने महत्वपूर्ण बाटो भएकाले सबैलाई राम्रो प्रदर्शन गर्न शुभकामना

बालसुधार गृहको पूर्वाधार र व्यवस्थापन दयनीय : मन्त्री आचार्य

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले मुलुकका विभिन्न भागमा सञ्चालनमा रहेका बालसुधार गृहको भौतिक पूर्वाधार र व्यवस्थापनको अवस्था अत्यन्त दयनीय रहेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा मन्त्री आचार्यले राज्यको सीमित स्रोत र साधनले बालगृहको सहज व्यवस्थापनमा चुनौती खडा भएको

ईयूले नेपालको संविधान र सङ्घीय शासनमा सहयोग गर्ने

काठमाडौं । नेपालका लागि युरोपियन युनियनका नवनियुक्त राजदूत भेरोनिक लोरेन्जोले नेपालको संविधान र सङ्घीय शासन व्यवस्थासहित समृद्धिका पक्षमा गरिरहेको सहयोगलाई निरन्तरता दिइने बताएका छन् । नवनियुक्त राजदूत लोरेन्जोले आज सङ्घीय शासन व्यवस्था अपनाएको नेपालको समृद्धिमा सहयोग जारी रहने बताएका हुन् । राजदूत लोरेन्जोले नेपालको गुणस्तरीय शिक्षा, क्षमतामूलक समाज निर्माण, जलवायु

सम्वन्धित समाचारहरु