काठमाडौं । हिन्दुहरुको महान पर्व दशैं सुरु भएको छ । दशैंका लागि हिन्दु धर्मावलम्बीले खसी, बोका,च्याङ्ग्रा आदि खरिद गर्ने गर्दछन् । त्यसैले दशैंमा खसीबोकाको ठूलो कारोबार हुने गर्दछ । काठमाडौं उपत्यकामा व्यापारीहरुले खसीबोका र च्याङ्ग्रा बिक्रीका लागि ल्याउन थालेका छन् । सोमबार भक्तपुरको सल्लाघारीमा व्यापारीहरुको दुई समूहले च्याङ्ग्रा ल्याएको छ । व्यापारीहरुका अनुसार यी च्याङ्ग्रा चीनको तिब्बत र मनाङबाट ल्याइएको हो । उक्त च्याङ्ग्रालाई व्यापारीले जिउँदोमा नै १३५० रुपैयाँमा बिक्री गरेको बताएका छन् ।
प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार