Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

काठमाडौंको असन क्षेत्रमा किनमेल गर्नेको घुइँचो बढयो (फोटोफिचर):-


काठमाडौं । हिन्दु धर्म अनुसार नेपालीहरुको महान् पर्व दशैंको बेला नेपाली बजारमा सबैभन्दा धेरै किनमेल हुने समय हो । दैनिक उपभोग्य सामग्री, लत्ताकपडालगायतका सामानको बिक्री यही बेला हुने गर्दछ । अझ विशेष गरी दशैंका बेला नयाँ लुगा लगाउने नेपालीहरुको चलन रहेको छ । त्यसैले हिजोआज काठमाडौं उपत्यकाका पसल र सपिङ् मलहरुमा किनमेल गर्नेको ठूलो भिड भएको छ ।

काठमाडौंको पुरानो बजार असन, इन्द्रचोक, महावौद्ध आदि क्षेत्रमा किनमेल गर्नेहरुको भिड अत्यधिक छ । एकै क्षेत्रमा लत्ताकपडा, भाँडाकुँडालगायतका सामान पाइने भएकाले पनि यो क्षेत्र सर्वसाधारणको किनमेलका लागि रोजाइको क्षेत्र हो । साँघुरा गल्ली, मानिसहरुको धेरै भिडभाड, बाटोमा नै राखिएका पसल र मानिसहरु रोकिएर सामान किन्नुपर्ने भएका कारण भिड बढेको छ ।


प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?