Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
३ चैत्र २०८२, मंगलवार
३ चैत्र २०८२, मंगलवार

काठमाडौंको असन क्षेत्रमा किनमेल गर्नेको घुइँचो बढयो (फोटोफिचर):-


काठमाडौं । हिन्दु धर्म अनुसार नेपालीहरुको महान् पर्व दशैंको बेला नेपाली बजारमा सबैभन्दा धेरै किनमेल हुने समय हो । दैनिक उपभोग्य सामग्री, लत्ताकपडालगायतका सामानको बिक्री यही बेला हुने गर्दछ । अझ विशेष गरी दशैंका बेला नयाँ लुगा लगाउने नेपालीहरुको चलन रहेको छ । त्यसैले हिजोआज काठमाडौं उपत्यकाका पसल र सपिङ् मलहरुमा किनमेल गर्नेको ठूलो भिड भएको छ ।

काठमाडौंको पुरानो बजार असन, इन्द्रचोक, महावौद्ध आदि क्षेत्रमा किनमेल गर्नेहरुको भिड अत्यधिक छ । एकै क्षेत्रमा लत्ताकपडा, भाँडाकुँडालगायतका सामान पाइने भएकाले पनि यो क्षेत्र सर्वसाधारणको किनमेलका लागि रोजाइको क्षेत्र हो । साँघुरा गल्ली, मानिसहरुको धेरै भिडभाड, बाटोमा नै राखिएका पसल र मानिसहरु रोकिएर सामान किन्नुपर्ने भएका कारण भिड बढेको छ ।


प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?