Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

त्रिशूली वाङ्मय प्रतिष्ठान पुनःगठन


काठमाडौं । त्रिशूली वाङ्मय प्रतिष्ठान साहित्यकार तथा उपप्राध्यापक आरएम डङ्गोलकै अध्यक्षतामा १५ सदस्यीय समिति पुनः गठन गरिएको छ । प्रतिष्ठान समितिका उपाध्यक्षमा राजेन्द्रमान डङ्गोल, महासचिवमा राजेन्द्र सागर, सचिवमा लक्ष्मी रुम्बा र कोषाध्यक्षमा पुरु लम्साल तथा सदस्यमा शिवप्रसाद आचार्य, वैरागी जेठा, डा. विक्रम तिमिल्सिना, प्रभाती किरण, पुरु विमल, कृष्णकिसु, उत्तम विचार, जितेन्द्रसिंह ठकुरी जया ओझा र पूजा श्रेष्ठ रहेका छन् ।

नुवाकोटबाट राजधानी आई भाषा, साहित्य, संस्कृति, कला आदि क्षेत्रमा संलग्न स्रष्टाहरूका पहलमा विसं २०६६ असोज घटस्थापनाको दिन श्रीहरि फुयाँलका अध्यक्षतामा स्थापित प्रतिष्ठानले कविगोष्ठी, पुस्तक–पत्रिका प्रकाशन तथा पर्यटनसँग जोडी नुवाकोट, रसुवा, धादिङ, तनहुँ आदि क्षेत्रमा साहित्ययात्रा, जलयात्रा जस्ता कार्यक्रम गरिसकेको छ । प्रतिष्ठानले हरेक वर्ष घटस्थापनाका दिन काठमाडौंमा ‘शारदीय काव्य उत्सव’ आयोजना गर्ने गर्दछ भने यस वर्ष साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश सायमीका प्रमुख आतिथ्यमा सोमबार सो कार्यक्रम सम्पन्न भइसकेको छ ।


प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?