Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

त्रिशूली वाङ्मय प्रतिष्ठान पुनःगठन


काठमाडौं । त्रिशूली वाङ्मय प्रतिष्ठान साहित्यकार तथा उपप्राध्यापक आरएम डङ्गोलकै अध्यक्षतामा १५ सदस्यीय समिति पुनः गठन गरिएको छ । प्रतिष्ठान समितिका उपाध्यक्षमा राजेन्द्रमान डङ्गोल, महासचिवमा राजेन्द्र सागर, सचिवमा लक्ष्मी रुम्बा र कोषाध्यक्षमा पुरु लम्साल तथा सदस्यमा शिवप्रसाद आचार्य, वैरागी जेठा, डा. विक्रम तिमिल्सिना, प्रभाती किरण, पुरु विमल, कृष्णकिसु, उत्तम विचार, जितेन्द्रसिंह ठकुरी जया ओझा र पूजा श्रेष्ठ रहेका छन् ।

नुवाकोटबाट राजधानी आई भाषा, साहित्य, संस्कृति, कला आदि क्षेत्रमा संलग्न स्रष्टाहरूका पहलमा विसं २०६६ असोज घटस्थापनाको दिन श्रीहरि फुयाँलका अध्यक्षतामा स्थापित प्रतिष्ठानले कविगोष्ठी, पुस्तक–पत्रिका प्रकाशन तथा पर्यटनसँग जोडी नुवाकोट, रसुवा, धादिङ, तनहुँ आदि क्षेत्रमा साहित्ययात्रा, जलयात्रा जस्ता कार्यक्रम गरिसकेको छ । प्रतिष्ठानले हरेक वर्ष घटस्थापनाका दिन काठमाडौंमा ‘शारदीय काव्य उत्सव’ आयोजना गर्ने गर्दछ भने यस वर्ष साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश सायमीका प्रमुख आतिथ्यमा सोमबार सो कार्यक्रम सम्पन्न भइसकेको छ ।


प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?