Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

इजरायलबाट फर्केकालाई ललितपुरको अन्नपूर्ण अस्पतालले निःशुल्क मनोवैज्ञानिक परामर्श सेवा


काठमाडौं । युद्धग्रस्त इजरायलबाट फर्केका नेपालीलाई ललितपुरको अन्नपूर्ण प्राकृतिक अस्पतालले निःशुल्क मनोवैज्ञानिक परामर्श सेवा दिने भएको छ । अस्पतालका सञ्चालक तथा मेडिकल डाइरेक्टर डा. स्कन्द डाँगीले एक महिने निःशुल्क मनोवैज्ञानिक परामर्श सेवा दिइने बताएक छन् । उनीहरूमा पोस्ट ट्रउमाटिक स्ट्रेस डिसअर्डर नहोस् भनेर अस्पतालले मनोवैज्ञानिक परामर्श, न्युरो मनोचिकित्सक, पुनर्स्थापना कार्यक्रम, योग, ध्यान, प्राकृतिक उपचार, जडिबुटी फिजियोथेरापीहरू जस्ता सेवा निःशुल्क दिन लागिएको डा.डाँगीले बताए ।

अस्पतालमा इजरायलबाट फर्केका नेपाली मात्र नभई उनीहरूका नजिकका आफन्तलाई पनि निःशुल्क सेवा दिने उनले बताए । उपचार सेवा दिन न्युरोसाइक्र्याटिस्ट डा.प्रदीप पाण्डे, प्राकृतिक चिकित्सक तथा योग विशेषज्ञ डा. स्कन्द डाँगी, आयुर्वेद चिकित्सक डा. रमेश पौडेल, योग थेरापिस्ट सविन महर्जन, न्युरो फिजियोथेरापिस्ट डा. वीरेन्द्र खड्काको टिमले सेवा दिनेछन् ।


प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?