हेटौंडा । बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्रीसहित मन्त्रीहरुले सपथ लिएका छन् । कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधुकुमार श्रेष्ठ बिना विभागीय मन्त्री नियुक्त भएका छन् । उनीहरुको जिम्मेवारी पछि तोकिनेछ । त्यस्तै एमालेका ६ मन्त्रीले पनि सपथ लिएका छन् ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । बुधबार सौर्य एयरको विमान दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाका अनुसार विमानस्थल एक घण्टा बन्द भएको थियो ।
काठमाडौं । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ) नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेस र नेकपा (एमाले)का ६४ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले आजै प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा
काठमाडौं । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ) नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेस र नेकपा (एमाले)का ६४ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले आजै प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा
काठमाडौं। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालमा स्काउटको जग्गाको विवाद सकभर छिटो सुल्झाउन आफूले पहल गर्ने बताउनु भएको छ । सिंहरदरबारस्थि मन्त्रालयमा स्काउटसँगको ब्रिफिङपछि मन्त्री चौधरीले स्काउटको जग्गा विवादको कुरा सुल्झाउन आफूले सक्दो पहल गर्ने बताउनुभयो । मन्त्री चौधरीले भन्नुभयो, 'हामीसँग जग्गा छ । लैनचौरको जग्गा विवाद हामी सकभर
काठमाडौँ । सोमबार बसेको न्याय सेवा आयोगले सरुवा र लोकसेवा आयोगबाट परीक्षा पास भएका उपसचिवहरूलाई पदस्थापन गरेको छ। प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको आयोगको बैठकले दुई उपसचिव , एक उपन्यायाधिवक्ता र शाखा अधिकृततर्फ तीन जनाको सरुवा गरेको हाे । न्याय सेवा आयोगमा प्रधान न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा कानुनमन्त्री अजयकुमार चौरासिया,
काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशमा क्रियाशील राजनीति दल बिचमा संवाद र सहमतिबाट संविधान संशोधन गरिने बताउनु भएकाे छ । आतबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा संघीय संसद भवनमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री लेखकले यस्ताे बताउनु भएकाे हाे । साथै संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढीकरण संविधान संशोधन
हेटौंडा । मुख्यमन्त्री शालिकराम जम्कट्टेलकाे राजीनामासँगै बागमतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन आह्वान गरेका छन् । उनले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार मिलिजुली सरकार गठनको आह्वान गरेका हुन् ।
हेटौंडा । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । आइतबार बसेकाे प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् । यसअघि जम्कट्टेलले विश्वासकाे मत लिन प्रयाेजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।
सन्जिब दुलाल, भक्तपुर । भक्तपुर जिल्ला अदालतबाट १३ सय ९६ वर्ष ६ महिना ३ दिन कैद तथा जरिवाना भुक्तान बाँकी रहेको पाइएको छ । भक्तपुर जिल्ला अदालतको तहसिलको अभिलेख अनुसार फैसला कार्यान्वयन अन्तर्गत १३ सय ९६ वर्ष ६ महिना ६ महिना ३ दिन कैद भुक्तान हुन बाँकी रहेको हो । भक्तपुर जिल्ला