Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

पशुपतिनाथ क्षेत्रमा तिजको तयारी पूरा


काठमाडौँ। हरितालिका तिज पर्वमा भक्तजनको भीडलाई व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोषले विशेष ट्राफिक तथा पार्किङ व्यवस्था मिलाएको छ ।

कोषले आईतवार पत्रकार सम्मेलन गर्दै मेला अवधिभर पशुपति क्षेत्रलाई पूर्णरूपमा सवारी निषेधित क्षेत्र बनाउनको लागि ट्राफिक तथा पार्किङ व्यवस्था मिलाएको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै कोषका सदस्यसचिव सुवासचन्द्र जोशीले उमाकुण्ड, दक्षिणामूर्ति, महास्नानघर पश्चिम, भूवनेश्वरी–गौशाला र वनकाली क्षेत्रको दर्शन मार्गमा कुनै पनि साधारण सवारी प्रवेश गर्न नपाउने व्यवस्था गरिएको जानकारी दिए । दमकल, एम्बुलेन्स र घाटसम्म पुग्ने शव वाहनलाई भने छुट दिइने कोषले उनले जानकारी दिएका छन् ।

उनले यस वर्ष लाखौं महिलाहरु पशुपति नाथको दर्शनका लागि आउने भएकाले आवश्यक सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिनुका साथै भिड व्यवस्थापनका लागि स्वयंसेवक, स्काउट, रेडक्रसका टोलीहरु समेत खटाइने जानकारी दिएका छन् । तीजको दिन भक्तजनलाई गुठीटोल, उमाकुण्ड, दक्षिणमुखी, रसगुलोचोक, वासुकी हुँदै उत्तर ढोकाबाट मन्दिर प्रवेश गराइने तथा दक्षिण ढोकाबाट बाहिरिने व्यवस्था मिलाइएको बताए । उनका अनुसार मृगस्थली–जयवागेश्वरी–पशुपति मार्ग हुँदै दक्षिणतर्फ प्रवेश गरी पश्चिमतर्फबाट निस्कने व्यवस्थासमेत गरिएको छ ।

ज्येष्ठ नागरिक, अशक्त, बालबालिका र अपांगता भएका महिलालाई प्राथमिकतामा राखी सहजीकरण कोषको योजना रहेको जोशीले बताएका छन् ।


प्रकाशित मिति: ८ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?