Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

काठमाडौ महानगरविरूद्ध कवाड व्यवसायी आन्दोलित


काठमाडौँ। कवाड व्यवसायीहरुले काठमाडौं महानगरपालिकाविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

कवाड व्यवसायी सङ्घर्ष समिति नेपालको आह्वानमा कवाड व्यवसायीहरुले बुधवार पनि विरोध जनाएका हुन् । भृकुटीमण्डपमा भेला भएका व्यवसायीहरु जुलुससहित कमलादीस्थित काठमाडौं महानगरपालिका कार्यालय घेराउमा गएका हुन् ।

उनीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कवाड व्यवसायीमाथि गुण्डागर्दी गर्नुभएको आरोप लगाउँदै मेयर साह विरुद्धको प्रदर्शन लेखिएको व्यानर बोकेर भृकुटीमण्डपमादेखि कमलादीसम्म र्याली गरेका छन् । महानगरले दुई वर्षदेखि कवाड व्यवसायी र सङ्कलक मजदुरमाथि अन्यायपूर्ण व्यवहार गरिरहेको उनीहरुको आरोप छ ।

उनीहरूले महानगरद्वारा गरिएको कुटपिट, सामान जफत र संरचना भत्काउने कार्य तत्काल बन्द गर्न माग गरेका छन् । मजदुरहरूले ‘कवाड व्यवसायीको श्रमको सम्मान गर’, ‘अन्यायपूर्ण कार्य तुरुन्त बन्द गर’, ‘अदालतको निर्णयलाई सम्मान गर’, लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर विरोध गरेका थिए । व्यवसायीहरुले सोमबार पनि महानगरको कार्यलय घेराउ गरेका थिए ।


प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?