Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

वागमतीमा ९६ हजारभन्दा बढी गाईभैँसीलाइ लगाइयो लम्पी स्किन विरुद्धको खोप


काठमाडौ। वागमती प्रदेशमा तीव्ररूपमा फैलिरहेको लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले चलाएको सप्ताहव्यापी खोप अभियान अन्तरगत प्रदेशभर ९६ हजार ३ सय ४७ वटा गाई तथा भैँसीलाई खोप लगाइएको छ ।

लम्पी स्किन रोगले गाई तथा भैँसीको छालामा गाँठा वा फोका देखिने, उच्च ज्वरो आउने, दुध उत्पादनमा गिरावट आउने, शरीर सुन्निने र जनावर अशक्त देखिने जस्ता लक्षणहरू देखिन्छन् । पछिल्लो समय चितवन जिल्लामा यो रोग तिब्ररूपमा फैलिएको छ । यही रोगको प्रभाव न्युनिकरणका लागि खोप अभियानको शुरुवात ललितपुर जिल्लाबाट गरिएको थियो । भने त्यसपछि क्रमशः अन्य १३ वटै जिल्लामा अभियान सञ्चालन गरिएको वागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकासमन्त्री मधुसुदन पौडेलले जानकारी दिएका छन् ।

लम्की स्किन रोग विरुद्धको सप्ताहव्यापी खोप अभियान कार्यक्रम अन्तर्गत सिन्धुलीमा १० हजार ३ सय २८ वटा गाई तथा भैँसीलाई खोप लगाइएको छ । त्यसै गरिरामेछापमा ४ हजार ४ सय ३७ , काठमाडौँमा ४ हजार ३ सय ५० , ललितपुरमा ३ हजार ६ सय ६, भक्तपुरमा १ हजार ५ सय ४३, धादिङमा ६ हजार ५१, काभ्रेपलाञ्चोकमा ७ हजार ६ सय ९८ वटा गाईभैँसीमा खोप लगाइ सकिएको छ । त्यसै गरी नुवाकोटमा ७ हजार ७ सय २४ , रसुवामा ३ हजार ६ सय ३४ , दोलखामा ९ हजार ९ सय ८२, सिन्धुपाल्चोकमा ६ हजार २ सय ८४ , चितवनमा ६ हजार १५ र मकवानपुरमा २४ हजार ६ सय ९५ गाईभैँसीमा लम्की स्किन रोग विरुद्धको खोप लगाइएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार वागमती प्रदेशभर कुल गाईको संख्या ६ लाख ९४ हजार २ सय १७ रहेको छ भने भैँसीको संख्या ५ लाख ४९ हजार १ सय ८२ रहेको छ । ती पशुहरूले वार्षिक रूपमा जम्मा ४ लाख ८१ हजार ७७१ मिल्क टन दूध उत्पादन गर्ने गरेका छन् । जिल्लागत रूपमा हेर्दा चितवनमा सबैभन्दा बढी दूध उत्पादन हुने गरेको देखिन्छ, जहाँ सात स्थानीय तहमा ९२ हजार २ सय ५६ गाई र ७२ हजार २ सय भैँसी छन् । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत खोप लगाउन शुरु गरिएको खोप कार्यक्रम निरन्तर अहिले पनि जारी रहेको मन्त्री पौडेलले बताए ।

आर्थिक वर्ष २०८०र८१ मा वागमती प्रदेशमा मात्र ११ हजार २१८ गाई तथा भैँसी लम्पी स्किन रोगका कारण मृत्यु भएको मन्त्रालयको तथ्यांक छ। सोही अवधिमा ३७ हजार ८९ गाईभैँसी संक्रमित भएका थिए भने कुल २ लाख ५६ हजार ७५९ पशु प्रत्यक्ष वा परोक्ष रूपमा प्रभावित भएका थिए। यसअघि नै प्रदेशभर २ लाख ४५ हजार २२२ गाई तथा भैँसीलाई लम्पी स्किन रोगविरुद्धको खोप लगाइसकिएको मन्त्रालयले जनाएको छ ।


प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?