धनुषा । धनुषा जिल्ला शहीदनगर नगरपालिका–५, वासुदेवपट्टीमा भएको विष सेवन घटनामा उपचाररत आमा पविताकुमारी साहको पनि मृत्यु भएको छ । ३० वर्षीया पविताकुमारी साहको आज बिहान पौने १० बजे जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) वरुणबहादुर सिंहले जानकारी दिएका छन् । पविताका
पर्सा। पर्साको वीरगञ्ज नाकासँग जोडिएको भारतको रक्सौलबाट ८ जना किशोरको उद्धार गरिएको छ । रक्सौलबाट मधेस प्रदेशका विभिन्न जिल्लाका ८ जना किशोरको उद्धार गरी उनीहरूलाई आफन्तको जिम्मा लगाइएको हो । राम्रो तलवको प्रलोभन देखाई उनीहरूलाई एक नक्कली नेटवर्किङ कम्पनीमार्फत वन्धक बनाई तालिम दिइँदै गरेको अवस्थामा फेला पारिएको थियो । भारतीय
जनकपुरधाम । श्री रामानन्दीय श्री वैष्णव संघ, जनकपुरधामले जानकी जन्मोत्सवलाई राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक विदा दिन माग गर्दै प्रमुख जिल्ला अधिकारीको कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएको छ । आईतवार जानकी मन्दिर जनकपुरधामका महन्त रामरोशन दास वैष्णवसहितको टोलीले जानकी जन्मोत्सवलाई राष्ट्रिय पर्व घोषणा गरी देशभर सार्वजनिक बिदा दिन माग गर्दै ज्ञापन
सिरहा । नवराजपुर गाउँपालिका–३ जगतपुरस्थित फुलबरीया मुसहरी टोलकी आनन्दीदेवी सदायको मृत्यु प्रकरणमा प्रहरीको छानबिन समितिले विस्तृत अनुसन्धान सुरु गरेको छ । गत पुस ९ गते गाउँकै दुई युवकद्वारा भएको यौन दुर्व्यवहार घटनामा न्याय नपाएपछि वैशाख २ गते सदाय आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उक्त घटनाको सुक्ष्म अनुसन्धानको लागि
जनकपुरधाम। जनकपुरधामसहित तराई/मधेसमा आज जुडशीतल पर्व मनाइँदैछ । विक्रम संवत अनुसारको नयाँ वर्ष प्रारम्भमा मनाइने दुईदिने पर्वमा पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुडशीतल भन्ने गरिन्छ । वैशाख सङ्क्रान्तिमा शुरु हुने पर्व विधिमा पहिलो दिन चना, जौ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सख्खरको
जनकपुरधाम। जनकपुरमा सरकारविरुद्ध विरोध प्रदर्शन भएको छ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाका लागि सरकार दोषी रहेको भन्दै आईतवार नेपाल राष्ट्रवादी नागरिक समाज, धनुषाले जनक चोकबाट विरोध जुलुस निकालेको हो । विरोधमा सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन शिर्ष नेताहरुको नाम लिएर बिरोध जनाएका छन् । उनीहरूले
जनकपुरधाम । मधेस प्रदेशका १ हजार ८ सय बढी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । मुख्यमन्त्री कार्यालय अगाडि जारी धर्नामा चौथो र पाँचौं तहका सिअहेव तथा सिअनमी स्वास्थ्यकर्मी सहभागी छन् । उनीहरूले चैत २५ गतेदेखि धर्ना शुरु गरेका थिए । धर्नामा सहभागी संयोजक मोहन साहले मधेस प्रदेश सरकारले ल्याएको ‘मधेस प्रदेश
जनकपुरधाम। मधेस प्रदेशका विभिन्न जिल्लामा आज चैती छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरिँदैछ । चार दिनसम्म चल्ने व्रत भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर समापन गरिनेछ । वीरगञ्जको घडिअर्वा पोखरी, रानीघाट, नगवा, मुर्ली, छपकैया लगायतका पोखरी र नदीहरू विशेष रूपमा सजाइएका छन् । जहाँ व्रतालुहरू आस्था र
पर्सा। वीरगञ्जको बालसुधार गृहमा डेढ वर्षपछि फेरि तनाव उत्पन्न भएको छ । बालसुधार गृहमा रहेका बाल कैदीबन्दीले सुधार गृहमा खाना,बास लगायतको समस्या भएको भन्दै मंगलवार होहल्ला गर्दै तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो । सुधार गृहमा बाल कैदीबन्दीहरुले होहल्ला गर्दै तोडफोड गर्न खोजेको सूचना पाएलगत्तै त्यहाँ पुगेको प्रहरीले स्थिति
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बिन्धीमा युवक हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ । जनकपुरधाम–भिठामोड सडकखण्ड अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका स्थानीयलाई प्रहरीले लाठीचार्ज गरेपछि झडप भएको हो । झडपका क्रममा एक दर्जनभन्दा बढी स्थानीय तथा केही प्रहरीसमेत घाइते भएको बताइएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले