११ जेठ, काठमाडाैँ । ठमेलस्थित एलओडी क्लब (नाइट क्लब) पुनः विश्वसकै उत्कृष्ट क्लबमध्ये ४९ औं स्थानमा परेको छ । केही समय अघि क्लब 'डिजे म्याग टप १००' को नोमिनेसनमा परेको थियो । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४९ औं स्थानमा परेको हो
११ जेष्ठ ,काठमाडौँ । बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन हुने भएको छ । चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले बुधबार यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । चलचित्रका निर्माता शेखर लामाले नेपालको हिमाली भेगको केही ठाउँमा चलिआएको बहुपति प्रथालाई चलचित्रमार्फत देखाइएको जानकारी दिए ।
१० जेठ, काठमाडाैँ । चलचित्र निर्माण गर्दा नै बजार मूल्याङ्कन गरिन्छ । बजारले फिर्ता गर्न सक्ने रकम र जोखिमको मूल्याङ्कन गरेर निर्माणको लागत तय हुन्छ । बजारले रुचाएको कलाकारदेखि प्राविधिकको समूहमार्फत चलचित्र बन्ने गरेको छ । तर कुनै चलचित्र यी भन्दा फरक रहेर निर्माण भयो भने के होला ? न त
९ जेठ, काठमाडाैँ । यही जेठ २६ गते प्रदर्शन गरिने चलचित्र ‘नीरफूल’ को 'लिरिकल भिडियो' सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको भिडियोमा रुवी भ्यालीको प्राकृतिक दृश्यसँगै विपत्तिपछि एउटा परिवारमा आएको हलचल प्रस्तुत गरिएको छ । चलचित्रमा विसं २०७२ को भूकम्पमा परेर परिवारका सदस्य गुमाएको कथाबस्तु
८ जेठ, काठमाडाैँ । नेपाली रोड थ्रिलर चलचित्र ‘बाटो : रोड टु डेथ’ को अङ्ग्रेजी ट्रेलर सार्वजनिक भएको छ । प्रदर्शन गरिएको ट्रेलरमा साइकोटिक कल्ट ग्याङलाई खलनायकका रूपमा देखाइएको छ । काठमाडौँ फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको लेखक तथा निर्देशन मदन थापाको रहेको छ । चलचित्रको छायाङ्कन शरण ऋषिले
६ जेठ, काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा प्राप्त गर्न थालेका छन् । नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्र बजार विस्तार भइरहेको छ । मौलिक कथा र कलात्मक प्रस्तुति बाहेकका चलचित्रलाई विश्वबजारमा प्रतिस्पर्धा
५ जेठ, काठमाडाैँ । शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘डाकिनी’ र ‘ए साथी सुन’ प्रदर्शन भएका छन् । फरक विधाका दुई चलचित्रले नेपाली दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण समूहको छ । निर्देशक रामराघव आचार्यले निर्देशन गरेको चलचित्र ‘ए साथी सुन’ प्रेमकथामा आधारित छ । “यसलाई
४ जेठ, काठमाडाैँ । छायांकन भइरहेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’बाट अभिनेता सौगात मल्लको पात्र लुक्स सार्वजनिक भएको छ । पशुपतिनाथ मन्दिर क्षेत्रमा छायांकन भइरहेको यो फिल्मको अब गीतको मात्रै छायांकन बाँकी छ । यसअघि भष्डे डनको भूमिकामा देखिएका विपिन कार्की र स्वस्तिमा खड्काको क्यारेक्टर अवतारसमेत सार्वजनिक भइसकेको छ
२ जेठ, काठमाडौं । चलचित्रमा कथा लेखिन्छ र त्यसलाई पटकथामा रूपान्तरण गरेपछि छायाङ्कन सुरु हुन्छ । लेखकले पात्र र त्यसको पहिचान, आवरण र समाज निर्माण गरेपछि आरोहअवरोहलाई चलचित्रको शैलीमा तयार पारेर पर्दामा प्रस्तुत गरिन्छ । तर पर्दा बाहिर घट्ने केही घटनाक्रम चलचित्रभन्दा कम लाग्दैनन । जेठको पहिलो साता प्रदर्शनमा आउने चलचित्र
२ जेठ, काठमाडाैँ । कमेडी च्याम्पियनको सिजन २ का विजेता भरतमणि पौडेलले तोकिएको पुरस्कारको आधा मात्रै पाएको बताएका छन् । हिमालय टेलिभिजनको ‘सेलेब्स टक सो’ सँगको कुराकानीमा उनले विजेता बनेको एक वर्ष पुग्न लाग्दासम्म २५ लाख पुरस्कार तोकिएपनि जम्मा १४ लाख मात्रै पाएको बताएका हुन् । पुरस्कार राशिमा आकस्मिक लाभांश करका