Trending
>>   अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रुटबिच ‘विश्वव्यापी सुरक्षा’बारे छलफल >>   प्रहरी महानिरीक्षक कुँवरबाट नवनिर्मित भवन उद्‌घाटन >>   डब्लुुएमएसी वेल्स खेल्दै सन्जित >>   २८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस >>   धरहरा चढ्न दुई सय रुपियाँ शुल्क >>   गैँडाको आक्रमणबाट एक पुरुषको मृत्यु >>   कोशी प्रदेशका मुख्यमन्त्रीको घर अगाडि शंकास्पद वस्तु फेला >>   प्रधानमन्त्री केपी ओलीका बुबा अस्पताल भर्ना >>   १८९ किलो गाँजा सहित सिन्धुलीमा एक जना पक्राउ >>   चार प्रदेशमा हल्का बर्षाको सम्भावना ,हिमाली भेगमा हिमपात हुने
Logo
८ मंसिर २०८१, शनिबार
८ मंसिर २०८१, शनिबार

चलचित्र भवनमा छैनन् दर्शक


३१ जेठ, काठमाडाैँ । यस वर्षको सुरुआत नेपाली चलचित्रका लागि सुखद भयो । वर्षकै पहिलो दिन प्रदर्शन भएको चलचित्र ‘जारी’ को राम्रो व्यापार भयो । उक्त चलचित्र प्रदर्शनको ५१ दिन पार गर्दै रु १५ करोडको खुद व्यापार गर्न सफल भए पनि त्यसपछि प्रदर्शन भएका असफल भए । त्यसपछि हप्तामै दुई वा एक चलचित्र प्रदर्शन भइरहेका छन् । यद्यपि सफलता पाउने भने शून्य नै छन् ।

दर्शकलाई आकर्षण गर्न चलचित्र सफल नभएको हुन सक्ने निर्देशक तथा निर्माता अशोक शर्माले बताउनुभयो । “निर्माण समूहप्रतिको विश्वास, ती चलचित्रको प्रचार सामग्री कारण हुन सक्छन्”, उनले भने, “नेपालीसँगै अन्य भाषाका चलचित्रमा समेत दर्शकको उपस्थिति न्यून छ ।” उहाँले चलचित्र ‘जारी’ ले नेपालभर राम्रो व्यापार गरेको जानकारी दिए ।

“चलचित्रले नेपालभर नै राम्रो व्यापार ग¥यो, सबै उमेर समूहका दर्शक चलचित्र भवनमा देखिनुभयो”, निर्देशक शर्माले भने । ‘जारी’ सँगै ‘बिहे पास’ र ‘बुलाकी’ तथा त्यसपछि वैशाख १५ मा ‘कैदीको पत्र’, ‘प्रसाद २’ र ‘नाईं नभन्नु ल ६’, वैशाख २१ मा ‘ज्याकीः आइएम ट्वान्टी वान’, वैशाख २९ मा ‘हल्कारा’, जेठ ५ मा ‘डाकिनी’ र ‘ए साथी सुन’, जेठ १२ मा ‘हुक्का’ र ‘टुल्की’, जेठ २९ मा ‘नीरफूल’ र ‘वेलकम टू हेम्जाकोट’ प्रदर्शन भए ।

चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार ‘जारी’बाहेक अन्य चलचित्रको कुल व्यापार रु एक करोडभन्दा माथि भएको छैन । घरेलु बजारमा ‘जारी’ बाहेक अन्य असफल रहे । नेपाली चलचित्रको व्यापारलाई मन्दीले असर गरेको हुनसक्ने नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले बताए । “दर्शक चलचित्र भवनसम्म निकै सोचेर पुग्नुभएको देखिन्छ, यद्यपि आकर्षित गर्न सके चलचित्रको व्यापार हुन्छ भन्नेमा दुईमत छैन”, उनले भने, “आउँदो भदौबाट हामी आशावादी छौं, त्यस अगाडी आउने चलचित्र कमजोर छैनन्, तर दर्शकको सोधपुछ भदौका चलचित्रमा बढी पाएका छौँ ।”


प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?