Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

‘नेपाली हाम्रो जात’ सार्वजनिक (भिडियो सहित)


२ असार, काठमाडाैँ । गीतसङ्गीतलाई मनोरञ्जनको रुपमा लिने गरिन्छ । लोकप्रिय हुनकै लागि समेत सङ्गीत सिर्जना गर्नेको भीडमा डिआर सुजन आफ्ना सिर्जनामार्फत सामाजिक कथालाई व्यक्त गर्ने गरेका छन् । ती मनोरञ्जनमै सिमित छैनन् ।

सन्देशमूलक गीतसङ्गीतमार्फत आफ्नो छुटै पहिचान स्थापित गरेका स्रष्टा सुजनले साङ्गीतिक चलचित्र ‘नेपाली हाम्रो जात’ सार्वजनिक गरेका छन् । उनले आफ्ना अघिल्ला गीतझैँ मनोरञ्जनसँगै सामाजिक सन्देश प्रस्तुत गरिएको जानकारी दिए ।

“हामी सर्जक भएका हाम्रो दायित्व भनेकै गीतसङ्गीतमार्फत चेतना वृद्धि गर्नु हो । त्यहीँ कारणले मेरा गीतमा सामाजिक विषयले स्थान पाउने गरेका छन्”, निर्देशक सुजनले भने, “मैले जातीयभन्दा पनि वर्गीय विभेदको बारेमा कथा बुनेको छु । हामी कलाकारको दायित्व नै गीतसङ्गीतमार्फत सन्देश दिनु हो ।” उहाँले गीतसङ्गीत तयार गर्दा नै कथा बुनिएकाले साङ्गीतिक चलचित्र बन्न पुगेको बताए ।

सत्र मिनेट लम्बाइ रहेको श्रव्यदृश्यमा सामाजिक विभेदलाई चित्रण गरिएको छ । “सबै एक समान भएको र आर्थिक सम्पन्नताको आधारमा विभेद भने कायम रहेको पाएको छु, त्यसैले भिडियोमा समेटेको हुँ । किनकि हामी जुनसुकै जात भए पनि नेपाली हौँ”, उनले भने ।

गीतमा शब्द, सङ्गीत, परिकल्पना, कथा र निर्देशन सुजनले नै गरेका छन् । गीतमा उनलाई हेमन्त कान्छा रसाइली, राजु परियार र धर्म गन्धर्वले गायनमा साथ दिएका छन् । श्रव्यदृश्यमा निर्देशक सुजनसँगै विनोद परियार, सुरवीर पण्डित, रामबाबु रेग्मी, ताराबहादुर गुरुङ, लोकेन्द्र लेखक, तारा केसी, सरिता राजोपाध्याय, मुकुन्द मैनाली, ईश्वरी बराललगायतका कलाकारले अभिनय गरेका छन् ।

साङ्गीतिक चलचित्रमा मुकेश नेपालीले नृत्य निर्देशन, किरण चैसिरले छायाङ्कन, मिलन विश्वकर्माले सम्पादन र रङ्ग संयोजन, रोनिशा अधिकारीले शृङ्गार गरेका छन् ।


प्रकाशित मिति: २ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?