Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

फिल्म ‘कार्साङ’मा दयाहाङ अनुबन्धित


२४ जेठ, काठमाडाैँ । अभिनेता दयाहाङ राई नयाँ फिल्ममा अनुबन्धित भएका छन् । यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्म ‘कार्साङ’मा उनि अनुबन्धित भएका हुन् ।

फिल्ममा याम शेर्पाको लेखन तथा निर्देशन रहनेछ भने फिल्ममा छांयाकारमा पुरुषोत्तम प्रधान अनुबन्धित भएका छन् । फिल्मको ९० प्रतिशत छायाङ्कन बाह्रबिसे नगरपालिका –६ र बाँकी भोटेकोसीमा हुने निर्माण पक्षले जनाएको छ ।

फिल्मका अन्य कलाकार तथा प्राविधिक छिट्टै फाइनल गरिने निर्देशक शेर्पाले बताए । “फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिनेछ”, शेर्पाले भने ।

उनले फिल्म सामाजिक कथामा बन्नेसमेत जानकारी दिए । निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । उनले यसअघि थुप्रै सर्ट फिल्मको निर्देशन गरेका छन्।


प्रकाशित मिति: २४ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?