काठमाडौँ।महानायक राजेश हमालले कलाकारिताका विभिन्न विधाहरूमध्ये हास्य विधा (कमेडी) सबैभन्दा चुनौतीपूर्ण रहेको बताएका छन् । ललितपुरमा आईतवार आयोजित नेपालको पहिलो ‘कमेडी एक्ट’ मा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’ को औपचारिक घोषणा कार्यक्रममा सम्बोधन गर्दै हमालले मानिसलाई हँसाउनु अत्यन्तै कठिन कार्य भएको उल्लेख गरेका छन् । हास्य विधामा क्रियाशील कलाकारहरूप्रति
काठमाडौँ। नेपालको पहिलो ‘कमेडी एक्ट’ मा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’ को औपचारिक घोषणा गरिएको छ । ओपन डोर्स इन्टरटेनमेन्ट प्रा.लि.को निर्माणमा तयार हुन लागेको यस कार्यक्रमको बिहीवार ललितपुरमा आयोजित एक पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको हो । हास्यव्यङ्ग्यमा आधारित यस प्रतिष्ठित रियालिटी शोमा महानायक राजेश हमाल प्रमुख निर्णायक तथा
जर्मनी । प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तासम्म यसको निरन्तरता कायम राख्ने उद्देश्यसहित ‘साहित्य सार २०२६’ सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी र नेपाली रुट्स ई.भी.को संयुक्त आयोजनामा शनिबार म्युनिखस्थित आइनेवेल्टहाउसमा आयोजित कार्यक्रममा प्रवासमा नेपाली भाषाको अवस्था, साहित्य सिर्जनाको वातावरण र नयाँ पुस्ताको
सागर फुयाल, काठमाडौं, नेपाल ओ प्रिय, मेरो समीप आउँदा यो "सागर" सँग कहाँबाट आयो यतिका सुवासहरू भनेर तिमी नअलमलिनु नबिर्स प्रिय, म यात्री थिएँ एउटा फूलबारीको जहाँ मुस्कुराउँथे जाही, जुही र गुलाफहरू अनि बित्थे मेरा दिनहरू तिन्कै दृश्य, दर्शक र द्रष्टा बनेर त्यसैले प्रिय, फैलिएका यी सुवासहरू तिनै फूलका परागका
काठमाडौँ। विवाहित महिलाहरूको क्षमता प्रदर्शन र सशक्तिकरणको क्षेत्रमा क्रियाशील सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वल्र्ड’ को नयाँ संस्करण २०२६ को औपचारिक घोषणा गरिएको छ । आयोजक रिबन इन्टरटेनमेन्टले राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको आवेदन खुला भएको र आगामी साउन २३ गतेबाट छनोट प्रक्रिया शुरु हुने जानकारी दिएको हो ।
काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गुरु घिमिरेले साहित्यको गहिरो बुझाइ भएको व्यक्ति मात्रै पूर्ण राजनीतिज्ञ बन्नसक्ने बताएका छन् । मंगलवार राजधानी काठमाडौंमा आफ्ना पुस्तक बुद्ध, वीपी र आजका नेता र लिलिपुटका लघुमानव विमोचन समारोहलाई सम्बोधन गर्दै महामन्त्री घिमिरेले साहित्यको गहिरो बुझाइ भएको व्यक्तिले मात्र राजनीतिक रुपमा उचाई प्राप्त गर्नसक्ने बताएका छन्
✍️सागर फुयाल, बर्लिन, जर्मनी फैलिएका हातहरू उत्साहित आँखाहरू तृषित ओँठहरू आभा छचल्किएका मुहारहरू हात फैलाउँदै पछ्यौरी फिँजाउँदै आकाशबाट झरेको जून भुईँमा अस्ताउनु अघि नै समाउन, सम्हाल्न अनि सङ्गाल्न दौडिरहेका छन् केही संशयका केही अनिश्चयका सुसुप्त भयहरू बोकेर— झर्दा झर्दै त्यो समीपै नआई कतै हावामै बिलाउने हो कि आँधी चलेर त्यसलाई
काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्नु सबैको सामूहिक जिम्मेवारी भएको बताएका छन् । सोमवार काठमाडौंमा २१३ औं भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरणमा मात्र सिमित नराखी, त्यसलाई आत्मसात गर्दै भाषा र साहित्यलाई थप समृद्ध बनाउनुपर्नेमा जोड दिएका छन्
काठमाडौँ। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती काठमाडौंमा मनाइएको छ । सोमवार बिहान काठमाडौंमा उहाँको स्मरणमा एक कार्यक्रम गरी २१३ औँ जन्मजयन्ती मनाइएको हो । नेपाली भाषालाई एकताको सूत्रमा गाँस्न विशिष्ट योगदान पु¥याउनुभएका आचार्यको स्मरणमा आज देशभरका साहित्यिक संघ–संस्था, विद्यालय तथा विश्वविद्यालयहरूले विशेष कार्यक्रमको आयोजना गरेका छन् ।
बर्लिन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी च्याप्टरले जर्मनीका लागि नेपालका कार्यवाहक नेपाली राजदूत तथा पूर्व नियोग उपप्रमुख सागर फुयाललाई विशिष्ट सम्मान प्रदान गरेको छ।शनिबार बर्लिनमा आयोजित एक कार्यक्रमबीच फुयाललाई सम्मान गरिएको हो। अनेसास जर्मनी च्याप्टरले फुयालले कूटनीतिक क्षेत्रमा निर्वाह गर्नुभएको उल्लेखनीय राष्ट्रसेवाका साथै लेखक, कवि तथा गीतकारका रूपमा