Trending
>>   देशलाई ऋणको भार थेग्न गाह्रो भइसक्योः सांसद शर्मा >>   कृषिलाई व्यवसायीकरण, व्यापारीकरण गर्न जरुरीः सांसद ढुंगाना >>   ‘भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानू ‘ : राप्रपा प्रमुख सचेतक शाही >>   रास्वपाको प्रश्नः मानव तस्करीको प्रत्यक्ष संरक्षण र अप्रत्यक्ष संलग्नता भएका गृहमन्त्रीको नैतिकता कहिले जाग्ने ? >>   एकै महिनामा सरकारी ढुकुटीबाट २ खर्ब २७ अर्ब सकियो, बिहीवारबाट नयाँ बजेट कार्यान्वयनमा आउँदै >>   लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छः सभापति देउवा >>   आकर्षक पर्यटकीय गन्तव्य बन्दै जलवीरे झरना >>   बहुचर्चित भारतीय ब्राण्ड क्याम्पा कोला नेपाली बजारमा >>   विकास समयको माग हो, कसैले रोकेर रोकिँदैनः मन्त्री खड्का >>   नाइजेरियाका पूर्वराष्ट्रपति बुहारीको ८२ वर्षको उमेरमा निधन
Logo
३१ असार २०८२, मंगलवार
३१ असार २०८२, मंगलवार

कोशी प्रदेश


भारतबाट नेपाल आएर अलपत्र परेको छावाको सकुशल उद्धार

२२ वैशाख, झापा । भारतबाट नेपाल आएर अलपत्र परेको एउटा हात्तीको छावाको झापामा सकुशल उद्धार गरिएको छ । झापाको मेचीनगरस्थित बाहुण्डाँगीमा भारततर्फ आएका दुई दर्जन सङ्ख्यामा रहेका हात्तीहरूसँगै उक्त छावा पनि थियो । मानिसहरूको होहल्ला भएपछि हात्तीको हुल छावालाई छाडेर भारततर्फ फर्किएको जनाइएको छ । करिब एक महिनाको जस्तो देखिने छावालाई

भीमनारायण रनिङ फुटबल प्रतियोगिता हुने

२१ वैशाख ,धनकुटा । यही वैशाख २७ गतेदेखि धनकुटाको तल्लो टुँडिखेलमा १५औँ सहिद भीमनारायण रनिङ फुटबल प्रतियोगिता हुनेभएको छ । आयोजक संस्था सहिद भीमनारायण स्मृति प्रतिष्ठानले पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । जेठ २ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल र भारतका आठ फुटबल टोलीको

२२७ किलो गाँजासहित दुई जना पक्राउ

२१ वैशाख, धरान । सुनसरीको धरान उपमहानगरपालिका–१३ शिवधारास्थित कोशी राजमार्गबाट २२७ किलो ४ सय ग्राम गाँजसहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । धनकुटाबाट इँटहरितर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९४८९ नम्बरको ट्रकमा ८ वटा पोकामा लैजाँदै गरेको उक्त परिमाणको गाँजासहित दुई जनालाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश

जीप दुर्घटनामा परी २ जनाको मृत्यु

२१ वैशाख, मोरङ । धनकुटाको चौबिसेबाट लेटाङतर्फ आउँदै गरेको प्र.१–०२–००१ ज ३९५३ नं को बोलेरो पिक अप दुर्घटनामा परी घाइते भएका दुई जनाको निधन भएको छ । लेटाङ नगरपालिका ७ को धिरिङ्गा भन्ने ठाउँमा पिक अप दुर्घटना हुँदा गाडीमा सवार चार जना घाइते  भएका थिए । गम्भीर घाइते मध्ये मोरङको

राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना

२१ वैशाख ,खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । सगरमाथा राजमार्गले छोएको तथा जिल्लाकै दोस्रो ठूलो वडा राजापानीमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलाप न्यून गर्न अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो । अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सातजनाको टोली

स्वतन्त्रताको वाहक पत्रकारिकता : मुख्यमन्त्री कार्की

२० वैशाख ,विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘विश्व प्रेस स्वतन्त्रता दिवस’को अवसरमा विश्वभरि छरिएर रहेका स्वतन्त्रप्रेमी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । अभिव्यक्ति स्वतन्त्रता आमजनताले प्राप्त गर्ने स्वतन्त्रता हो र प्रेस स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रताको एउटा माध्यम हो भन्दै उनले प्रेस स्वतन्त्रताबिना अभिव्यक्ति स्वतन्त्रता पूर्ण हुन

अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई जना घाइते

२० वैशाख, सङ्खुवासभा । सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट विद्युत् उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा अडिट–२ मा कार्यरत एक मजदुरको मृत्यु भएको छ । मकालु गाउँपालिका–५ आमाराङस्थित अडिट–२ को सुरुङभित्र माथिबाट ढुङ्गा खसेर सिलिचोङ गाउँपालिका–५ का २७ वर्षीय प्रेम राईको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक

पाथीभरामा दर्शनार्थीको भीड

२० वैशाख, ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा तीर्थयात्रीको भीड लागेको छ । आज मात्रै मन्दिरको दर्शन गर्न चार हजारभन्दा बढी भक्तजन पाथीभरामा पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार वैशाख लागेयता आज सबैभन्दा धेरै चार हजार एक सय ३१ जना भक्तजन

साकेलामा गायनतर्फ दियाली र नृत्यतर्फ राई प्रथम

२० वैशाख ,खोटाङ । खोटाङको साकेला गाउँपालिकामा आयोजना गरिएको ‘पालिका प्रतिभा–२०८०’मा गायनतर्फ रवीन दियाली र नृत्यतर्फ मेनुका राई प्रथम भएका छन् । गाउँपालिकासँगको सहकार्यमा खोटाङ कलाकार समाजले उक्त प्रतियोगिता आयोजना गरेको हो । जिल्लाका दशवटै पालिकामा प्रतिभा खोजी अभियानअन्तर्गत मङ्गलबार साकेलामा फाइनल अडिसनमार्फत गायन र नृत्य विद्याको उत्कृष्ट तीन–तीन प्रतिभा

ताप्लेजुङमा हिमपात

२० वैशाख ,फुङ्लिङ । ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । सोमबार र मङ्गलबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो । ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट हिमाल सहजरूपमा देख्न सकिन्छ । हिमाल चाँदीजस्तै सेताम्य भएर टल्केका छन् । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा नं ७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली

सम्वन्धित समाचारहरु