Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

जीप दुर्घटनामा परी २ जनाको मृत्यु


२१ वैशाख, मोरङ । धनकुटाको चौबिसेबाट लेटाङतर्फ आउँदै गरेको प्र.१–०२–००१ ज ३९५३ नं को बोलेरो पिक अप दुर्घटनामा परी घाइते भएका दुई जनाको निधन भएको छ । लेटाङ नगरपालिका ७ को धिरिङ्गा भन्ने ठाउँमा पिक अप दुर्घटना हुँदा गाडीमा सवार चार जना घाइते  भएका थिए ।

गम्भीर घाइते मध्ये मोरङको पथरी शनिश्चरे २ का २५ वर्षीय मनोज दियाली विश्वकर्मा र गाडी धनी लेटाङ ६ का ७४ वर्षीय जीवनकुमार श्रेष्ठको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गत राति मृत्यु भएको हो । दिउँसो ४ बजे दुर्घटनामा परेको जिपमा ४ जना सवार थिए ।

जिप सडकबाट १ सय मिटर तल खसेको थियो । एकान्त स्थानमा ठुलो आवाज आएपछि स्थानीयले हेर्दा दुर्घटना भएको देखेका थिए । बाँकी दुई मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने एक जनाको अवस्था सामान्य रहेको छ ।


प्रकाशित मिति: २१ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?