Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

जीप दुर्घटनामा परी २ जनाको मृत्यु


२१ वैशाख, मोरङ । धनकुटाको चौबिसेबाट लेटाङतर्फ आउँदै गरेको प्र.१–०२–००१ ज ३९५३ नं को बोलेरो पिक अप दुर्घटनामा परी घाइते भएका दुई जनाको निधन भएको छ । लेटाङ नगरपालिका ७ को धिरिङ्गा भन्ने ठाउँमा पिक अप दुर्घटना हुँदा गाडीमा सवार चार जना घाइते  भएका थिए ।

गम्भीर घाइते मध्ये मोरङको पथरी शनिश्चरे २ का २५ वर्षीय मनोज दियाली विश्वकर्मा र गाडी धनी लेटाङ ६ का ७४ वर्षीय जीवनकुमार श्रेष्ठको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गत राति मृत्यु भएको हो । दिउँसो ४ बजे दुर्घटनामा परेको जिपमा ४ जना सवार थिए ।

जिप सडकबाट १ सय मिटर तल खसेको थियो । एकान्त स्थानमा ठुलो आवाज आएपछि स्थानीयले हेर्दा दुर्घटना भएको देखेका थिए । बाँकी दुई मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने एक जनाको अवस्था सामान्य रहेको छ ।


प्रकाशित मिति: २१ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?