Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

भारतबाट नेपाल आएर अलपत्र परेको छावाको सकुशल उद्धार


२२ वैशाख, झापा । भारतबाट नेपाल आएर अलपत्र परेको एउटा हात्तीको छावाको झापामा सकुशल उद्धार गरिएको छ । झापाको मेचीनगरस्थित बाहुण्डाँगीमा भारततर्फ आएका दुई दर्जन सङ्ख्यामा रहेका हात्तीहरूसँगै उक्त छावा पनि थियो । मानिसहरूको होहल्ला भएपछि हात्तीको हुल छावालाई छाडेर भारततर्फ फर्किएको जनाइएको छ ।

करिब एक महिनाको जस्तो देखिने छावालाई स्थानीयले घाइते अवस्थामा भेटेपछि पानी तथा आवश्यक आहारा खुवाएर स्नेहका साथ उसको आमालाई भेट गराउन र उपचाका लागि उद्धार गरेर भारततर्फ नै पठाइएको मेचीनगर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए ।

स्थानीय मिलन चोकमा हात्तीको छावा अलपत्र परेको देखेपछि स्थानीयले मानव र हात्तीको द्वन्द्व न्यूनीकरणका लागि अभियान सञ्चालन गरिरहेका अभियानकर्मीहरूलाई जानकारी गराएका थिए । हुलबाट छुटेको हात्तीको छावा आफै लडेर घाइते भएको बताइन्छ ।

पहिला पहिला यसरी हात्तीको छावा देख्दा स्थानीयले कुट्ने र मार्ने गरेका थिए तर यो पटक उद्धारको काम भयो, वडाध्यक्ष कार्कीले भने । यो पटक छावालाई स्थानीय आफैले ट्याक्टरमा हालेर भारतीय वन अधिकारीको सहयोगमा आमा भेट्न पठाइएको छ, उनको भनाइ छ ।

मानव–हात्ती सहअस्तित्व अभियान चलाइरहनु भएका अभियन्ता शङ्कर लुइँटेलका अनुसार भोकाएको र घाइते अवस्थामा भेटिएको छावालाई प्राथमिक उपचार गरेर भारतीय वन अधिकारीहरूलाई बुझाइएको छ । छावाको भारतमा नै उपचार भइरहेको छ । वन अधिकारीहरूले आमा पत्ता लगाएर भेट गराउने बताएका छन् ।

यसैबिच बिहीबार बिहान सोही हात्तीको हुलमा रहेको हात्तीको आक्रमणमा परेर एक भारतीय नागरिक गम्भीर घाइते बनेका थिए । उनलाई पनि स्थानीय उद्धार गरेर भारत पठाएका थिए ।


प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?