Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

भारतबाट नेपाल आएर अलपत्र परेको छावाको सकुशल उद्धार


२२ वैशाख, झापा । भारतबाट नेपाल आएर अलपत्र परेको एउटा हात्तीको छावाको झापामा सकुशल उद्धार गरिएको छ । झापाको मेचीनगरस्थित बाहुण्डाँगीमा भारततर्फ आएका दुई दर्जन सङ्ख्यामा रहेका हात्तीहरूसँगै उक्त छावा पनि थियो । मानिसहरूको होहल्ला भएपछि हात्तीको हुल छावालाई छाडेर भारततर्फ फर्किएको जनाइएको छ ।

करिब एक महिनाको जस्तो देखिने छावालाई स्थानीयले घाइते अवस्थामा भेटेपछि पानी तथा आवश्यक आहारा खुवाएर स्नेहका साथ उसको आमालाई भेट गराउन र उपचाका लागि उद्धार गरेर भारततर्फ नै पठाइएको मेचीनगर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए ।

स्थानीय मिलन चोकमा हात्तीको छावा अलपत्र परेको देखेपछि स्थानीयले मानव र हात्तीको द्वन्द्व न्यूनीकरणका लागि अभियान सञ्चालन गरिरहेका अभियानकर्मीहरूलाई जानकारी गराएका थिए । हुलबाट छुटेको हात्तीको छावा आफै लडेर घाइते भएको बताइन्छ ।

पहिला पहिला यसरी हात्तीको छावा देख्दा स्थानीयले कुट्ने र मार्ने गरेका थिए तर यो पटक उद्धारको काम भयो, वडाध्यक्ष कार्कीले भने । यो पटक छावालाई स्थानीय आफैले ट्याक्टरमा हालेर भारतीय वन अधिकारीको सहयोगमा आमा भेट्न पठाइएको छ, उनको भनाइ छ ।

मानव–हात्ती सहअस्तित्व अभियान चलाइरहनु भएका अभियन्ता शङ्कर लुइँटेलका अनुसार भोकाएको र घाइते अवस्थामा भेटिएको छावालाई प्राथमिक उपचार गरेर भारतीय वन अधिकारीहरूलाई बुझाइएको छ । छावाको भारतमा नै उपचार भइरहेको छ । वन अधिकारीहरूले आमा पत्ता लगाएर भेट गराउने बताएका छन् ।

यसैबिच बिहीबार बिहान सोही हात्तीको हुलमा रहेको हात्तीको आक्रमणमा परेर एक भारतीय नागरिक गम्भीर घाइते बनेका थिए । उनलाई पनि स्थानीय उद्धार गरेर भारत पठाएका थिए ।


प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?