Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना


२१ वैशाख ,खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ ।

सगरमाथा राजमार्गले छोएको तथा जिल्लाकै दोस्रो ठूलो वडा राजापानीमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलाप न्यून गर्न अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो ।

अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सातजनाको टोली खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताए।

राजापानीस्थित वडा कार्यालय नजिकै रहेको वडाकै पुरानो भवनमा स्थापना गरिएको प्रहरी चौकीको बुधबार प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले उद्घाटन गरे ।

राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना भएसँगै यहाँका नागरिकले शान्ति सुरक्षा महसुस गर्नुका साथै ग्रामीण क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यून हुने विश्वास गरिएको वडाध्यक्ष अनिष कार्कीले बताए ।

प्रहरी चौकीका लागि आवश्यक फर्निचर, बिजुली र खानेपानी वडा कार्यालयले उपलब्ध गराएको छ । दश स्थानीय तह रहेको खोटाङमा राजापानीसँगै ४३ स्थानमा प्रहरी चौकी स्थापना गरिएको छ ।


प्रकाशित मिति: २१ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?