Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

स्वतन्त्रताको वाहक पत्रकारिकता : मुख्यमन्त्री कार्की


२० वैशाख ,विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘विश्व प्रेस स्वतन्त्रता दिवस’को अवसरमा विश्वभरि छरिएर रहेका स्वतन्त्रप्रेमी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

अभिव्यक्ति स्वतन्त्रता आमजनताले प्राप्त गर्ने स्वतन्त्रता हो र प्रेस स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रताको एउटा माध्यम हो भन्दै उनले प्रेस स्वतन्त्रताबिना अभिव्यक्ति स्वतन्त्रता पूर्ण हुन नसक्ने उल्लेख गरेका छन् ।

विश्वभरिका अधिकांश लोकतान्त्रिक मुलुकले प्रेस स्वतन्त्रतालाई संवैधानिकरूपमै व्यवस्था गर्दै आएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमा नेपालमा प्रेस स्वतन्त्रतालाई जनताको मौलिक हककै रूपमा व्यवस्था गरिएको उल्लेख गरेका छन् ।

“संवैधानिकरूपमा संरक्षण गरिएको प्रेस स्वतन्त्रतालाई व्यावहारिकरूपमा कार्यान्वयनमा ल्याउन यसको पुनः संरचना, नीतिगत र कानूनी सुधारका क्षेत्रमा सरकारले काम गर्दै आएको कुरा हामी सबैमा अवगत नै छ”, सन्देशमा भनिएको छ, “कोशी प्रदेश सरकारले पनि सञ्चारसम्बन्धी ऐन निर्माणको प्रक्रिया अगाडि बढाइसकेको छ र त्यसलाई चाँडै नै अन्तिम रूप दिने कुरा यो सुखद अवसरमा म जानकारी गराउन चाहन्छु ।”

पत्रकार र पत्रकारिता क्षेत्रको दक्षता अभिवृद्धिका साथै पत्रकारको पेसागत तथा भौतिक सुरक्षाबिना प्रेस स्वतन्त्रता पूर्णरूपमा कार्यान्वयन हुननसक्ने भएकाले त्यसका लागि आवश्यक संरचना निर्माण गर्न र प्रेस स्वतन्त्रताको संरक्षणमा कोशी प्रदेश सरकार स्पष्ट र प्रतिबद्ध रहेको स्मरण गराउँदै मुख्यमन्त्री कार्कीले विश्व प्रेस स्वतन्त्रता दिवसको यस विशेष अवसरमा स्वतन्त्रता प्रेमी सम्पूर्ण जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसका लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको थियो ।


प्रकाशित मिति: २० बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?