Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

स्वतन्त्रताको वाहक पत्रकारिकता : मुख्यमन्त्री कार्की


२० वैशाख ,विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘विश्व प्रेस स्वतन्त्रता दिवस’को अवसरमा विश्वभरि छरिएर रहेका स्वतन्त्रप्रेमी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

अभिव्यक्ति स्वतन्त्रता आमजनताले प्राप्त गर्ने स्वतन्त्रता हो र प्रेस स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रताको एउटा माध्यम हो भन्दै उनले प्रेस स्वतन्त्रताबिना अभिव्यक्ति स्वतन्त्रता पूर्ण हुन नसक्ने उल्लेख गरेका छन् ।

विश्वभरिका अधिकांश लोकतान्त्रिक मुलुकले प्रेस स्वतन्त्रतालाई संवैधानिकरूपमै व्यवस्था गर्दै आएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमा नेपालमा प्रेस स्वतन्त्रतालाई जनताको मौलिक हककै रूपमा व्यवस्था गरिएको उल्लेख गरेका छन् ।

“संवैधानिकरूपमा संरक्षण गरिएको प्रेस स्वतन्त्रतालाई व्यावहारिकरूपमा कार्यान्वयनमा ल्याउन यसको पुनः संरचना, नीतिगत र कानूनी सुधारका क्षेत्रमा सरकारले काम गर्दै आएको कुरा हामी सबैमा अवगत नै छ”, सन्देशमा भनिएको छ, “कोशी प्रदेश सरकारले पनि सञ्चारसम्बन्धी ऐन निर्माणको प्रक्रिया अगाडि बढाइसकेको छ र त्यसलाई चाँडै नै अन्तिम रूप दिने कुरा यो सुखद अवसरमा म जानकारी गराउन चाहन्छु ।”

पत्रकार र पत्रकारिता क्षेत्रको दक्षता अभिवृद्धिका साथै पत्रकारको पेसागत तथा भौतिक सुरक्षाबिना प्रेस स्वतन्त्रता पूर्णरूपमा कार्यान्वयन हुननसक्ने भएकाले त्यसका लागि आवश्यक संरचना निर्माण गर्न र प्रेस स्वतन्त्रताको संरक्षणमा कोशी प्रदेश सरकार स्पष्ट र प्रतिबद्ध रहेको स्मरण गराउँदै मुख्यमन्त्री कार्कीले विश्व प्रेस स्वतन्त्रता दिवसको यस विशेष अवसरमा स्वतन्त्रता प्रेमी सम्पूर्ण जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसका लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको थियो ।


प्रकाशित मिति: २० बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?