Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

२२७ किलो गाँजासहित दुई जना पक्राउ


२१ वैशाख, धरान । सुनसरीको धरान उपमहानगरपालिका–१३ शिवधारास्थित कोशी राजमार्गबाट २२७ किलो ४ सय ग्राम गाँजसहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनकुटाबाट इँटहरितर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९४८९ नम्बरको ट्रकमा ८ वटा पोकामा लैजाँदै गरेको उक्त परिमाणको गाँजासहित दुई जनालाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश धरानले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार पक्राउ पर्नेमा ट्रक चालक धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ बस्ने ३४ वर्षीय चन्द्र थापा क्षेत्री र सहचालक तेह्रथुम जिल्लाको छथर गाउँपालिका–२ बस्ने २८ वर्षीय चूडामणि कटुवाल रहेका छन् ।

उनीहरूको साथबाट ६० हजार नेपाली रुपियाँ, चार वटा मोबाइल सेट, बाटोको इजाजत पत्र र सवारी दर्ता प्रमाणपत्र समेत बरामद भएको छ ।

नियन्त्रणमा लिइएका उनीहरूलाई ट्रक, गाँजा र बरामद सामाग्रीसहित आवश्यक कारबाहीका लागी इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको छ ।


प्रकाशित मिति: २१ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?