Trending
>>   एमालेबिरुद्ध आक्रमण जारी छः अध्यक्ष ओली >>   रामायणले नेपाली समाजलाई जोड्ने काम गर्यो : शिक्षामन्त्री पन्त >>   राजनीतिमा यस्तै हुन्छ, बस्नेत र राई ‘निलम्बन’ परेको कुरालाई ठूलो अर्थमा नलिनूस्ः देउवा >>   १२ घण्टामा गाजामा इजरायली आक्रमणबाट एक सय बढी प्यालेस्टिनीहरूको मृत्यु >>   सर्वहारा श्रमीक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव छैनः झलनाथ खनाल >>   कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरीः अध्यक्ष नेपाल >>   प्रचण्ड र माधव प्रति ओलीको कटाक्षः जहाँबाट निकाल्यौ, अहिले त्यहीँ छु >>   आज मिति २०८२ साल जेठ ०३ गते शनिबार,हेर्नूहोस् आजको राशिफल >>   न्याय सेवाका सहसचिव, उपसचिव र शाखा अधिकृतको सरुवा >>   शिक्षा उपसमितिको बैठकमा विद्युत् आपूर्ति अवरुद्ध भएपछि मोबाइको बत्ति बालेर निरन्तरता
Logo
४ जेष्ठ २०८२, शनिबार
४ जेष्ठ २०८२, शनिबार

शिक्षा


शिक्षकहरुले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिका लागि सघाउनुपर्छः काँग्रेस सांसद महत

काठमाडौँ। नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले शिक्षकहरुले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिका लागि सघाउनुपर्ने बताएका छन् । शुक्रवार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्री समेत रहेका सांसद महतले शिक्षकका जायज र राज्यले थेग्नसक्ने मागहरु सम्बोधन गरिनुपर्ने समेत बताएका छन् । उनले विद्यालय शिक्षा

शिक्षामन्त्रीले बोलाएको वार्तामा गएनन् शिक्षक महासंघका प्रतिनिधि

काठमाडौँ। नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बोलाएको वार्तामा नेपाल शिक्षक महासंघका प्रतिनिधिहरू मन्त्रालय प्रवेश नगरी फर्किएका छन् । शिक्षामन्त्री पन्तले बोलाएको वार्तामा सहभागी हुन सिंहदरबारको जाने तयारी रहे पनि मन्त्रालय प्रवेश नगरी महासंघका प्रतिनिधिहरू फर्किएका हुन् । शुक्रवार शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आग्रह गरेका थिए

‘चाडपर्व र बिदा कटौती गरेर विद्यार्थीको पठनपाठनमा परेको असरलाई भरपाई गर्ने तयारीमा शिक्षक’

काठमाडौँ। विद्यालय शिक्षा ऐन जारी गर्न मागसहित काठमाडौंमा आन्दोलनरत देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूले पठनपाठनमा पुगेको क्षतिको जसरी पनि पूर्ति गर्ने बताएका छन् । काठमाडौंको नयाँ बानेश्वर–बबरमहल–माइतीघर क्षेत्रमा २४ दिनदेखि सडक संघर्ष गरेका शिक्षकहरू विद्यार्थीमा पर्न गएको मारप्रति चिन्तित देखिएका हुन् । उनीहरूले विद्यार्थीको पठनपाठनमा पर्न गएको असर र त्यसको क्षतिपूर्ति

देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्न प्रतिवद्ध छुः शिक्षामन्त्री पन्त

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले संविधान, कानून र देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् । शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका छन् । उनले सरकार शिक्षकहरुसँग वर्ता र संवादको माध्यमबाट अहिलेका समस्याहरु समाधान गर्न प्रतिवद्ध रहेको बताए

पाटन संयुक्त क्याम्पसको स्ववियू चुनाव वैशाख २० गते हुने

ललितपुर । पाटन संयुक्त क्याम्पसको स्ववियू चुनाव वैशाख २० मा हुने भएको छ । पाटन संयुक्त क्याम्पसमा गत चैत १६ का लागि तय भएको स्ववियु निर्वाचन स्थगित भएपछि उच्च अदालत पाटनमा मुद्दा परेको थियो । चैत २५ मा सुनुवाइ गर्दै अदालतले तत्काल निर्वाचन गराउन आदेश दिएको हो ।

एमाले शिक्षक विरोधी पार्टी होइन : महासचिव पोखरेल

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिगामी तत्वहरुले नेपाललाई अस्थिरतातर्फ धकेल्न युवामा निराशा पैदा गरिरहेको आरोप लगाएका छन् । बिहीवार काठमाडौंमा नेकपा एमालेले आयोजना गरेको युवा उत्सवलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले नेपाललाई कमजोर बनाएर स्वार्थसिद्ध गर्न चाहने अन्तर्राष्ट्रिय तत्वहरुले समृद्धिको दिशामा नेतृत्व दिन सक्षम पार्टीलाई

वार्ताका माध्यमबाटै शिक्षकका समस्या समाधान हुन्छ, बोल्ने भन्दा काम गर्ने समय होः शिक्षामन्त्री पन्त

काठमाडौँ। नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्ताका माध्यमबाट शिक्षकहरुका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् । बिहीवार सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा पदभार ग्रहण गर्दै उनले आफू मन्त्रालयमा प्रवेश गरेको र समस्याको बारेमा जानकार रहेको बताएका छन् । उनले समस्या समाधानका लागि मन्त्रालयले कस्तो प्रयास गरिरहेको छ भन्नेबारेमा बुझेर थप

महिनाको १६ हजार १० रुपैयाँमा पीजी कार्यक्रम चलाउन सकिँदैनः शिक्षण अस्पताल सञ्चालकहरु

काठमाडौँ। चिकित्सा शिक्षा सम्बन्धि शिक्षण अस्पताल सञ्चालकहरुले पोष्ट ग्रेजुएटका विद्यार्थीको निर्वाह भत्ताको विषयमा चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले गरेको निर्णयमा असहमति जनाएका छन् । काठमाडौँ। बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चिकित्सा शिक्षा सम्बन्धि शिक्षण अस्पताल सञ्चालकहरुले असहमति जनाएका हुन् । उनीहरुले आवासीय चिकित्सकलाई सरकारी आठौं तह (४८ हजार ७

११ गते देखि हुने कक्षा १२ को परीक्षा सर्यो ,२१ गते देखि हुने

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले ११ गते देखि हुने भनिएको कक्षा १२ को परीक्षा  सारेर आगामी  बैशाख २१ गते देखि हुने जानकारी दिएको छ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बदलिदो परस्थितिको कारण देखाउदै पर्सि देखि संचालन हुने भनिएको कक्षा १२ को परीक्षा  २०८२ बैशाख २१ गते देखि हुने जानकारी दिएका  छन्।

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने, आवश्यक तयारी गर्न निर्देशन

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले तोकिएकै मितिमा कक्षा १२ को परीक्षा गर्ने भएको छ । मंगलवार बसेको बोर्डको बैठकले यसअघि तोकिएकै मितिमा कक्षा १२ को परीक्षा गर्ने निर्णय गरेको हो । शिक्षकहरुको आन्दोलनका कारण शिक्षकहरुले कक्षा १२ को परीक्षामा सहभागी नहुने बताएसँगै परीक्षाबारे अन्योलता सिर्जना भएको थियो । तर बोर्डले भने

सम्वन्धित समाचारहरु