Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी


काठमाडौँ।सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने तयारी गरेको छ । संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै शिक्षा सचिव चुडामणि पौडेलले मेडिकल शिक्षा अध्ययनका लागि नेपालमा आउन चाहने विदेशी विद्यार्थीको सबभन्दा बढी आकर्षण भएकाले उनीहरुका लागि कोटा थप गर्ने नीतिगत निर्णय लिने तयारीमा सरकार रहेको स्पष्ट पारेका छन् । उनले नेपालका विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीका लागि स्टुडेन्ट भिसामा सहजीकरण गर्ने विषयमा पनि गृह मन्त्रालयसँग कुरा भइरहेको बताएका छन् । सचिव पौडेलले भने,‘यो विदेशी विद्यार्थीहरु ल्याउने सन्दर्भमा पनि अहिले हामीसँग लगभग १४ सय जति विभिन्न देशका विद्यार्थीहरु नेपालका विभिन्न विश्वविद्यालयहरुमा अहिले पनि पढिरहेका छन् । यसलाई स्टुडेन्ट भिसामा कसरी सहजीकरण गर्न सकिन्छ भनेर गृह मन्त्रालयसँग छलफल पनि हामीले अगाडि बढाएका छौँ । र विशेषगरी विदेशी विद्यार्थीहरुका सबभन्दा बढी आकर्षण मेडिकल शिक्षामा देखिएको हुँदा मेडिकल शिक्षामा विदेशी विद्यार्थीहरुको कोटा बढाउन सकिन्छ भन्ने हिसावले नीतिगत रुपमा निर्णय गर्ने हिसावले सरकार अगाडि बढिरहेको पनि म यहाँहरुलाई निवेदन गर्न चाहन्छु ।’ सचिव पौडेलकाअनुसार करिव १ हजार ४ सय जति विभिन्न मुलुकका विद्यार्थीले नेपालको विश्वविद्यालयहरुमा अध्ययन गरिरहेका छन् । ती मध्ये सबैभन्दा बढी आकर्षण भने मेडिकल शिक्षामा रहेको उनले बताएका छन् ।

काठमाडौँ।सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने तयारी गरेको छ ।

संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै शिक्षा सचिव चुडामणि पौडेलले मेडिकल शिक्षा अध्ययनका लागि नेपालमा आउन चाहने विदेशी विद्यार्थीको सबभन्दा बढी आकर्षण भएकाले उनीहरुका लागि कोटा थप गर्ने नीतिगत निर्णय लिने तयारीमा सरकार रहेको स्पष्ट पारेका छन् । उनले नेपालका विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीका लागि स्टुडेन्ट भिसामा सहजीकरण गर्ने विषयमा पनि गृह मन्त्रालयसँग कुरा भइरहेको बताएका छन् ।

सचिव पौडेलले भने,‘यो विदेशी विद्यार्थीहरु ल्याउने सन्दर्भमा पनि अहिले हामीसँग लगभग १४ सय जति विभिन्न देशका विद्यार्थीहरु नेपालका विभिन्न विश्वविद्यालयहरुमा अहिले पनि पढिरहेका छन् । यसलाई स्टुडेन्ट भिसामा कसरी सहजीकरण गर्न सकिन्छ भनेर गृह मन्त्रालयसँग छलफल पनि हामीले अगाडि बढाएका छौँ । र विशेषगरी विदेशी विद्यार्थीहरुका सबभन्दा बढी आकर्षण मेडिकल शिक्षामा देखिएको हुँदा मेडिकल शिक्षामा विदेशी विद्यार्थीहरुको कोटा बढाउन सकिन्छ भन्ने हिसावले नीतिगत रुपमा निर्णय गर्ने हिसावले सरकार अगाडि बढिरहेको पनि म यहाँहरुलाई निवेदन गर्न चाहन्छु ।’

सचिव पौडेलकाअनुसार करिव १ हजार ४ सय जति विभिन्न मुलुकका विद्यार्थीले नेपालको विश्वविद्यालयहरुमा अध्ययन गरिरहेका छन् । ती मध्ये सबैभन्दा बढी आकर्षण भने मेडिकल शिक्षामा रहेको उनले बताएका छन् ।


प्रकाशित मिति: ९ असार २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?