Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

शिक्षा


मेयरको नाममा एसईई परीक्षा दिइरहेका इन्जिनियर ज्वाइँ पक्राउ

१९ चैत्र, राैतहट । मेयरको नाममा एसईई परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । राैतहटको मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा सञ्चालन भइरहेको परीक्षा दिइरहेका बेला नक्कली परीक्षार्थी ३० वर्षीय कमल साह पक्राउ परेका हुन् । उनी देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुका ज्वाइँ भएको पाइएको छ । पेशाले इन्जिनियर उनी

सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान

१९ चैत ,गण्डकी । पोखरा बहुमुुखी क्याम्पसद्वारा पोखरामा आयोजित क्याम्पस र समुदायबीचको छलफल एवं अन्तक्र्रियामा सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान भएकामा जोड दिइएको छ । सामुदायिक शैक्षिक संस्थालाई समुदायको सहयोग अपरिहार्य हुने बताउँदै वक्ताहरूले सामुुदायिक संस्थाको महत्व नबुुझ्दा समस्या पर्ने गरेको बताए । टोल संस्था विकास समन्वय समितिका अध्यक्ष उत्तम

सामुदायिक विद्यालयमा अब्बल बन्दै रामतुलसी नमूना मावि

१८ चैत्र, पाल्पा । हुने खाने परिवारका अभिभावकले भरसक गाउँका सामुदायिक विद्यालयमा आफ्ना बालबालिकालाई पढाउन चाहँदैनन् । सामान्य परिवारका बालबालिकाले मात्रै पढ्ने थलोको रूपमा ग्रामीण भेगका सामुदायिक विद्यालयलाई लिइन्छ । रामतुलसी नमूना माध्यमिक विद्यालय भने अहिले अधिकांश अभिभावकको रोजाइमा पर्न थालेको छ । गाउँका सामुदायिक विद्यालयमा पढाएर बालबालिकाले के नै ज्ञान

५७ वर्षीया राधासहित नौ महिला एसइईमा सहभागी

१७ चैत्र, म्याग्दी । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा म्याग्दीको सदरमुकाम बेनीस्थित उज्यालो वैकल्पिक विद्यालयबाट ५७ वर्षीया राधादेवी पुनसहित नौ महिला सहभागी भएकी छन् । परीक्षामा ५७ वर्षीया राधादेवी पुन, ५० वर्षीया डिलकुमारी पुर्जा, इन्द्रामती फगामी ३७ वर्षीया, सङ्गीता छिनाल ३५ वर्षीया, तुलकमारी मल्ल केसी ५४ वर्षीया,

गण्डकीमा ४३ हजार एक सय ६४ विद्यार्थी एसइईमा सहभागी

१७ चैत्र, पोखरा। माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा गण्डकी प्रदेशबाट ४३ हजार एक सय ६४ विद्यार्थी सहभागी भएका छन् । आजदेखि सुरु भएकोे परीक्षामा सहभागी विद्यार्थीमध्ये साधारणतर्फ ४१ हजार पाँच सय १६ विद्यार्थी रहेको प्रदेश शिक्षा निर्देशनालय, गण्डकी प्रदेशका प्रमुख अम्बिका आचार्यले जानकारी दिए । उनका अनुसार परीक्षामा प्राविधिकतर्फ एक हजार

प्रधानमन्त्री प्रचण्डद्वारा एसइईमा सहभागी विद्यार्थीको उज्ज्वल भविष्यको कामना

१७ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरेका छन् । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै एसइईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सम्बद्ध सबैलाई आग्रह गरेका छन् । उनले सन्देशमा भनेका छन्, “आजदेखि सुुरू हुने माध्यमिक

अंग्रेजीको सट्टा नेपाली विषयको प्रश्नपत्र पुगेपछि…

१७ चैत्र, धनुषा । आजदेखि सुरू भएको एसईई परीक्षामा आज अंग्रेजीको प्रश्नपत्र पुग्नु पर्ने थियो । तर, अंग्रेजी विषयको सट्टा नेपाली विषयको प्रश्नपत्र पुगेपछि धनुषाको औरही गाउँपालिका स्थित मा.वि. चक्कर परीक्षा केन्द्रमा करीब १ घण्टा ढिलो परीक्षा सुरू भएको छ । बिहान ८ बजे सुरु हुने परीक्षा ८ बजेर ५० मिनेटमा

लुम्बिनीबाट एसइईमा ८५ हजार परीक्षार्थी सहभागी

१७ चैत, रूपन्देही । आजदेखि सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा लुम्बिनी प्रदेशबाट ८५ हजार चार सय २४ परीक्षार्थी सहभागी भएका छन् । नियमित साधारणतर्फ ८० हजार एक सय ६५, प्राविधिक धारतर्फ दुई हजार नौ सय ५७ र ग्रेडवृद्धितर्फ दुई हजार तीन सय दुई परीक्षार्थी सहभागी छन् । लुम्बिनी

एसइई परीक्षा देशभर एकसाथ सुरु

१७ चैत ,भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्र तथा जापानको एउटा परीक्षा केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रुपमा परीक्षा सुरु भएको छ । पहिलो दिन

मधेस प्रदेश : एसइईको सम्पूर्ण तयारी पूरा

१६ चैत ,जनकपुरधाम। शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालनका लागि मधेस प्रदेशमा सम्पूर्ण तयारी पूरा भएको छ । मधेस प्रदेश, शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रालयले परीक्षाका लागि आवश्यक सबै तयारी पूरा भएको जनाएको हो । शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्यमन्त्री महेश यादवले विगत दुई आर्थिक वर्षमा कोरोना

सम्वन्धित समाचारहरु