Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सङ्घीय शिक्षा ऐन तत्काल पारित गर्न माग


३० चैत्र ,काठमाडौँ । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले सङ्घीय शिक्षा ऐन तत्काल जारी गर्दै शिक्षकका समस्या समाधान गर्न माग गरेको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्गठनका अध्यक्ष हिक्मतबहादुर बस्नेतले शैक्षिक र पेसागत क्षेत्रका समस्या समाधानका लागि सङ्घीय शिक्षा ऐनलगायत शिक्षा सम्बन्धित कानुन र नियमावली सकेसम्म चाँडो जारी गर्न सरकारको ध्यानाकर्षण गराएक हुन् ।

उनले सङ्गठनको महाअधिवेशनबाट पारित १८ बुँदे प्रस्ताव सुनाउँदै भने, “सङ्घीय शिक्षा ऐन यथाशीघ्र जारी होस् ।” उनले एकद्वार प्रणालीद्वारा शिक्षक व्यवस्थापन गर्न मागसमेत गरे । “यो महाधिवेशन शिक्षा आयोगमार्फत शिक्षक सेवा आयोग गठन गरी शिक्षकको स्थायी नियुक्ति, बढुवा, सरुवा र वृत्तिविकासलाई संस्थागत गर्न जोडदार माग गर्दछ”, उनले भने ।

सङ्गठनको प्रथम अधिवेशन यही चैत २८ र २९ गते काठमाडौँमा सम्पन्न भएको थियो । अधिवेशनद्वारा पारित प्रस्तावमा कूल बजेटको न्यूनतम २० प्रतिशत बजेट शिक्षा क्षेत्रका लागि विनियोजन हुनुपर्ने, अन्य कर्मचारीभन्दा १० प्रतिशत बढी तलब सुविधाको व्यवस्था र विशिष्ट श्रेणीसम्म बढुवाको माग गरिएको छ ।

यस्तै, शिक्षकमाथि भएको विभेदपूर्ण सेवा सुविधाको मिलान र दरबन्दी कायम गरी सेवा निरन्तरतासम्बन्धी प्रस्ताव गरिएको छ । अधिवेशनले अध्यक्ष बस्नेतकै अध्यक्षतामा पुनः २५ पदाधिकारी र ७४ सदस्य गरी ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो ।

यस्तै, शिक्षक राजेन्द्र तिम्सिनाको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति चयन गरिएको थियो ।


प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?