Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

विद्यालयका तह समायोजन गर्दै स्थानीय तह


२ वैशाख, बैतडी । बैतडीका स्थानीय तहरूले विद्यालय तह समायोजन गरिरहेका छन् । यहाँको पाटन नगरपालिकाले भौगोलिकरुपमा टाढा भएका र विद्यार्थी सङ्ख्याका आधारमा तह समायोजन गरिरहेको छ ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित पाण्डेयका अनुसार नगरका ११ विद्यालयका तह समायोजन गर्ने कार्य भइरहेको छ । वडा नं १ को गरालेकस्थित दुर्गाबताल आधारभूत विद्यालय अब कक्षा ३ सम्म कायम रहने छ ।

यसअघि उक्त विद्यालयमा कक्षा ५ सम्म अध्ययन–अध्यापन हुँदै आएको थियो । वडा नं १ कै भुवनेश्वरी आधारभूत विद्यालय लदौली पनि कक्षा ३ सम्म कायम रहने छ । यसअघि यहाँ कक्षा ५ सम्म पढाइ हुँदै आएको थियो ।

वडा नं २ को भूमिराज आधारभूत विद्यालय टोटीपोखरी कक्षा ३ सम्म कायम रहने भएको छ । यसअघि उक्त विद्यालयमा कक्षा ५ सम्म पढाइ हुँदैआएको थियो ।

यस्तै वडा नं ३ को सुकाबैना आधारभूत विद्यालय सुकाबैनालाई कक्षा ३ सम्म कायम गरिएको छ । यसअघि उक्त विद्यालयमा कक्षा ५ सम्म पढाइ हुँदै आएको थियो । वडा नं १० मा रहेको सिद्धसिगास आधारभूत विद्यालय पनाली पनि शिशु कायम रहने प्रमुख पाण्डेयले बताए । उक्त विद्यालयमा कक्षा ३ सम्म पढाइ हुने गरेको थियो ।


प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?