Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

भोपाल कारागारका ७ हजार कैदीले लिए डिप्लोमा


३० चैत्र, एजेन्सी । भोपालको केन्द्रीय कारागारले शिक्षामा सबैको अधिकार सुनिश्चित हुनुपर्ने मान्यतालाई आत्मसात गर्दै बितेको एक वर्षमा छ हजार नौ सय कैदीलाई निःशुल्क शिक्षाको व्यवस्था गरेको छ । सोही अवधिमा ५७ जना बन्दी कारागारबाटै स्नातकोत्तर तहको परीक्षामा सहभागी भएका छन् ।

भारत सरकारको ‘सबैका लागि शिक्षा’ अभियानअन्तर्गत केन्द्रीय कारागारले बन्दीहरूलाई अध्ययनको अवसर दिएको हो । कारगारमा रहेका छ हजार नौ सय बन्दी गत वर्ष साक्षर भएका थिए । भोपाल केन्द्रीय कारागारका निरीक्षक राकेश भाङ्ग्रेका अनुसार गत वर्ष तीन सय कैदी स्नातक, ५७ जना स्नाकोत्तर, चार सय ६३ जना प्राथमिक शिक्षा, ९२ जना माध्यमिक र दुई सय ४३ कैदी उच्च माध्यमिक शिक्षा परीक्षामा सहभागी भएका थिए । एक सय ५८ जना महिला बन्दी पनि विभिन्न तहका परीक्षामा सामेल भएका थिए । कारगारकै दश जना महिलाले कम्प्युटर शिक्षामा दक्षता हासिल गरेका छन् ।

कैदीहरूलाई साक्षर बनाउन तथा उनीहरूको शिक्षाको स्तर उकास्न केन्द्र सरकारको नीतिअनुसार अध्ययनको व्यवस्था मिलाइएको निरीक्षक भाङ्ग्रे बताउँछन् । जेलमा डिप्लोमा तथा त्यसभन्दा माथिको उपाधि हासिल गरेपछि एक दिन कारागारबाट बाहिरिँदा उनीहरूको जिविकोपार्जनको माध्यम त्यही शिक्षा र सिप हुने उनी बताउँछन् ।

इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालयका विभिन्न पाठ्यक्रममा आधारित कार्यक्रम कारागारमा सञ्चालन गरिएको जानकारी दिँदै निरीक्षक भाङ्ग्रेले ग्रामीण विकास, खाद्य तथा पोषण, एचआइभी, पारिवारिक शिक्षा, मानविकी एवम् व्यवस्थापनका स्नातक र स्नातकोत्तर कार्यक्रम सञ्चालन भइरहेका बताएका छन् ।

कारगारमा रहेका छ हजार नौ सय कैदीले गत वर्ष विभिन्न बिधामा डिप्लोमा डिग्री हासिल गरेका बताउँदै निरीक्षक भाङ्ग्रेले अक्षर नै नचिनेका बन्दीलाई पहिचान गरी बिहान बेलुका पढाइने गरेको बताए । उनका अनुसार साक्षर कैदीलाई कक्षा १० र १२ को परीक्षा उत्तीर्ण हुने गरी सिकाइने गरेको छ । विभिन्न स्थानीय निकाय र सङ्घसंस्थासँगको समन्वयमा रिहा भएपछि उनीहरूलाई रोजगारीका अवसर प्रदान गर्ने प्रयास पनि भइरहेको उनले बताए ।


प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?