Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१९ माघ २०८२, सोमबार
१९ माघ २०८२, सोमबार

प्रवास


टर्की र जोर्डनका विदेशमन्त्रीबीच सिरियाको अवस्थाबारे छलफल

काठमाडौँ । टर्कीका विदेशमन्त्री हाकान फिदानले सोमवार जोर्डनका समकक्षी अयमान सफादीसँग सिरियाको अवस्थाबारे छलफल गरेका छन् । दुई विदेश मन्त्रीहरूले सिरियाको पुनरुत्थानका लागि विशेष गरी यातायात, कृषि र खाद्य सुरक्षाका क्षेत्रमा मार्गचित्र तयार गर्ने उपायहरूबारे छलफल गरेका थिए। टर्कीका विदेश मन्त्रीले डिसेम्बर ८, २०२४ मा सिरियामा बसर अल–असदको सरकारको पतन

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको चुनावी विजय स्वीकार

काठमाडौँ । अमेरिकी कंग्रेसले सोमवार आधिकारिक रूपमा डोनाल्ड ट्रम्पलाई २०२४ को राष्ट्रपति चुनावको विजेताको रूपमा पुष्टि गरेका छन् । अमेरिकी प्रतिनिधि सभा र सिनेटले राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पको चुनाव प्रमाणित गर्न दिउँसो एक संयुक्त सत्रमा बोलाएका थिए । अमेरिकी कंग्रेसको अधिवेशनको अध्यक्षता वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले गरेका थिए । उनि चुनावमा

लिबियाद्वारा पश्चिमी तटमा अपराध विरोधी सैन्य अभियान शुरु

काठमाडौँ । लिबियाले पश्चिमी तटीय सैन्य क्षेत्रले ठूलो मात्रामा अपराध विरोधी सैन्य अभियान शुरु गरेका छन् । अपरेशनको पहिलो चरण राजधानी त्रिपोलीबाट करिव ४५ किलोमिटर पश्चिममा रहेको जाविया शहरमा शुरु भएको हो । उक्त क्षेत्रमा सुरक्षा र स्थायित्व कायम गर्ने उद्देश्य राख्दै उक्त अपरेशनको पछाडि कुनैपनि राजनीतिक उद्देश्य नभएको खण्डन

अमेरिकामा पहिलो पटक भीड मूल्य निर्धारण योजना लागू

काठमाडौँ । अमेरिकामा लोअर र मिडटाउन म्यानहट्टनलाई समेट्ने भीड मूल्य निर्धारण योजना लागू भएका छन् । न्यूयोर्क शहरलाई यस्तो योजना लागू गर्ने पहिलो अमेरिकी शहर बनेको छ । सवारी साधनको प्रकार, दिनको समय, कुनै क्रसिङ क्रेडिटहरू लागू भए/नभएको र केही चालक वा सवारी साधनहरूमा लागू हुने छुट र छुटसहितको भुक्तानीको

क्यानडाका प्रधानमन्त्री ट्रुडोद्वारा पार्टीको नेताबाट राजीनामा दिने घोषणा

काठमाडौँ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमवार लिबरल पार्टीको नेताबाट राजीनामा दिने घोषणा गरेका छन् । रिडाउ कोटेजमा रहेको आफ्नो घरबाहिर भाषण दिँदै ट्रुडोले आफ्नो उत्तराधिकारी नभएसम्म आफू निरन्तर रहने बताए । प्रधानमन्त्रीले गभर्नर जनरल मेरी साइमनलाई मार्च २४ सम्म संसद निलम्वन गर्न आग्रह गरेको बताएका छन् ।

राष्ट्रपति युनलाई पक्राउ गर्ने जिम्मेवारी पुलिसलाई

काठमाडौँ । दक्षिण कोरियाको भ्रष्टाचार विरोधी अनुसन्धान एजेन्सीले सोमवार महाभियोग लागेका राष्ट्रपति युन सुक–योललाई पक्राउ गर्न वारेन्ट कार्यान्वयन गर्ने जिम्मेवारी प्रहरीलाई दिएका छन् । उच्च पदस्थ अधिकारीहरूको लागि भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ) ले गिरफ्तारी वारेन्ट कार्यान्वयन राष्ट्रिय अनुसन्धान कार्यालय (एनओआई) को विवेकमा छोड्न भनेका थिए । सीआईओ र एनओआईले रक्षा

चीनमा भूकम्पमा परी ३२ जनाको मृत्यु, ३८ घाइते

काठमाडौँ। चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगाजे शहरको डिङ्ग्री काउन्टीमा मङ्गलवार बिहान स्थानीय समय (९ः०५ बजे) गएको ६.८ म्याग्नीच्युडको भूकम्पमा ३२ जनाको मृत्यु भएको छ । साथै ३८ जना घाइते भएको क्षेत्रीय प्रकोप राहत मुख्यालयले जनाएको छ । केन्द्रबिन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तरमा रहेको बताइएको छ

२०२४ मा अफगानिस्तानको व्यापार मात्रा १२ अर्ब अमेरिकी डलर नाघ्यो

काठमाडौँ । सन् २०२४ मा अफगानिस्तानको कुल व्यापारको मात्रा १२ अर्ब अमेरिकी डलरभन्दा बढी भएको छ । जसमा वार्षिक रूपमा आयातमा ३८ प्रतिशत वृद्धि र निर्यातमा ४ प्रतिशतले कमी आएको छ । अफगानिस्तानको सामानको कुल व्यापार २०२४ मा १२.४२ बिलियन डलर थियो । जसमा देशको निर्यात मात्रा १.८ बिलियन डलर

चीनमा यस्तो छ भूकम्पको क्षती

काठमाडौँ । चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ ।मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र चीन केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टि गरेको हो। भूकम्पको धक्का काठमाडौँ जिल्ला लगायत अन्य जिल्लामा पनि महसुस भएको छ

३ पटक ताज महल बेचेर पनि मलाई केही थाहा छैन भन्दै बारबार बचेका नटवरलाल…

३ पटक ताज महल, २ पटक लालकिल्ला, १ पटक राष्ट्रपति भवन र १ पटक संसद भवन बेच्ने भारतको प्रख्यात ठग नटवरलाललाई पक्राउ गरेर अदालतमा हाजिर गर्दा मलाई केही थाहा छैन भन्दै बयान दिन्थ्यो भने उसका समर्थकहरुले आन्दोलन नै गर्थे रे..... समर्थकको आन्दोलन र मलाई केही थाहा छैन भन्ने बयानले बारबार

सम्वन्धित समाचारहरु