Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

अज्ञात रोगबाट कश्मीरमा १७ जनाको मृत्यु,३ सय जना क्वारेन्टाइनमा


एजेन्सी। भारत नियन्त्रित कश्मीरका स्थानीय सरकारी अधिकारीहरूले १७ जनाको अज्ञात कारणले मृत्यु भएको र ११ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको रिपोर्ट गरेपछि गाउँका करिव ३ सय जनालाई क्वारेन्टाइनमा राखेका छन् ।

अज्ञात कारणले रोग डिसेम्बर ७, २०२४ मा भारत नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगरबाट लगभग २४३ किलोमिटर दक्षिणमा रहेको राजौरी जिल्लाको बुधल गाउँमा शुरु भएको थियो । दुई दिनमा पाँच जना नयाँ केसहरू आएपछि स्थानीय प्रशासनले गाउँलाई कन्टेनमेन्ट क्षेत्र घोषणा गरेको थियो । प्रभावित परिवार र उनीहरूका विस्तारित आफन्तहरूलाई सरकारी सुविधाहरूमा स्थानान्तरण गर्ने निर्णय गरिएको थियो ।

मृत्यु भएका परिवारका घरहरू सिल गरिएको छ । ड्युटीमा रहेका अधिकारीहरूको अनुमति बिना प्रवेश गर्न निषेध गरिएको छ ।


प्रकाशित मिति: १४ माघ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?