Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

हमासद्वारा दोस्रो चरणमा चार इजरायली वन्धकहरू रिहा


एजेन्सी। प्यालेस्टिनी इस्लामिक हमास आन्दोलनले शनिवार इजरायली वन्धकहरूको दोस्रो समूहलाई मुक्त गरेको छ ।

जसमा चार महिला, लिरी अल्बाग, करिना एरिभ, डेनिला गिल्बोआ र नामा लेवी रहेका छन् । गाजामा रहेको अन्तर्राष्ट्रिय रेडक्रस समितिलाई हस्तान्तरण गरिएको हमासले जनाएको छ । १९–२० वर्ष उमेरका चार इजरायली सेना पर्यवेक्षकहरूलाई हमासले अक्टोबर ७, २०२३ मा गाजापट्टी सीमा नजिकै नाहल ओजमा रहेको इजरायली सेनाको निगरानी आधारबाट अपहरण गरेको थियो । चार इजरायली वन्धकहरूलाई शनिवार इजरायल रक्षा बल र इजरायल सुरक्षा एजेन्सीमा स्थानान्तरण गरिएको थियो ।

वन्धक रिहाई हमास र इजरायल बीचको कैदी–वन्धक आदानप्रदानको दोस्रो चरणको अंश हो । जुन युद्धविराम सम्झौताको प्रारम्भिक शर्तहरू अन्तर्गत लागू गरिएको थियो । ६ हप्ताको युद्धविरामको पहिलो चरण जनवरी १९ मा लागू भएको थियो । इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको वार्ताको परिणामस्वरूप १५ महिनाको लडाईंपछि हमास र इजरायलबीच युद्धविराम सम्झौता भएको थियो ।


प्रकाशित मिति: १३ माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?