Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

हमासद्वारा दोस्रो चरणमा चार इजरायली वन्धकहरू रिहा


एजेन्सी। प्यालेस्टिनी इस्लामिक हमास आन्दोलनले शनिवार इजरायली वन्धकहरूको दोस्रो समूहलाई मुक्त गरेको छ ।

जसमा चार महिला, लिरी अल्बाग, करिना एरिभ, डेनिला गिल्बोआ र नामा लेवी रहेका छन् । गाजामा रहेको अन्तर्राष्ट्रिय रेडक्रस समितिलाई हस्तान्तरण गरिएको हमासले जनाएको छ । १९–२० वर्ष उमेरका चार इजरायली सेना पर्यवेक्षकहरूलाई हमासले अक्टोबर ७, २०२३ मा गाजापट्टी सीमा नजिकै नाहल ओजमा रहेको इजरायली सेनाको निगरानी आधारबाट अपहरण गरेको थियो । चार इजरायली वन्धकहरूलाई शनिवार इजरायल रक्षा बल र इजरायल सुरक्षा एजेन्सीमा स्थानान्तरण गरिएको थियो ।

वन्धक रिहाई हमास र इजरायल बीचको कैदी–वन्धक आदानप्रदानको दोस्रो चरणको अंश हो । जुन युद्धविराम सम्झौताको प्रारम्भिक शर्तहरू अन्तर्गत लागू गरिएको थियो । ६ हप्ताको युद्धविरामको पहिलो चरण जनवरी १९ मा लागू भएको थियो । इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको वार्ताको परिणामस्वरूप १५ महिनाको लडाईंपछि हमास र इजरायलबीच युद्धविराम सम्झौता भएको थियो ।


प्रकाशित मिति: १३ माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?