Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

इण्डोनेसियामा पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुग्यो


एजेन्सी। प्रान्तीय विपद् न्युनिकरण एजेन्सीकाअनुसार मंगलवार इण्डोनेसियाको मध्य जाभा प्रान्तको पेकालोङ्गान क्षेत्रमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

सेन्ट्रल जाभा प्रकोप न्यूनीकरण एजेन्सीका प्रमुख बर्गास कातुर्सासी पेनाङगुङ्गनले पेटुङक्रियोनो गाउँमा भएको पहिरोमा नौ जनाभन्दा बढी अझै बेपत्ता रहेको बताएका छन् । पहिरोले १० जनालाई गम्भीर घाइते बनाएको, दुई घरलाई आंशिक रूपमा क्षति पुर्याएको र धेरै सवारी साधनहरू बगाएको बताएका छन् ।

पेकालोङ्गानमा सोमवार भएको भारी वर्षाका कारण बाढी र पहिरो गएको हो । बेपत्ताहरुको खोजी अझै जारी छ ।


प्रकाशित मिति: ९ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?