Trending
>>   विदेशमा जन्मिएका सन्तानलाई पनि आमाको स्वघोषणाको आधारमा अंगिकृत नागरिकता >>   वैकल्पिक विकास वित्त परिचालन आइटी क्षेत्रमा पनि गर्नुपर्छः विराजभक्त श्रेष्ठ >>   स्रोतको अभाव भएर पूर्वाधार निर्माण गर्न अप्ठ्यारो पर्‍योः अर्थमन्त्री पौडेल >>   नागरिकता विधेयकमा २५ जना सांसदले दिए संशोधन प्रश्ताव >>   भ्रातृ संस्थाहरुको अधिवेशन गराउन काँग्रेसले पारित गर्‍यो निर्देशिका >>   साउनको अन्तिम सोमबार पशुपति दर्शनमा भक्तजनको भीड (तस्बिरहरु) >>   मुद्दाको हार-जितको आधारमा कानून व्यवसायीको पारिश्रमिक निर्धारण गर्नु उपयुक्त हुँदैनः सोविता गौतम >>   सरकारी कोषहरु कामका लागि भन्दा पनि देखाउनका लागि बनाइएः सूर्य थापा >>   एन्फा यु–१६ युथ लिगमा दुवै नतिजा बराबरी >>   काठमाडौंमा अष्ट्रेलियन एजुकेशन फेयर हुने
Logo
२६ श्रावण २०८२, सोमबार
२६ श्रावण २०८२, सोमबार

प्रवास


इस्तानबुलको वार्तापछि इरान र युरोपेली देशहरू परामर्श जारी राख्न सहमत

एजेन्सी। इरान र युरोपेली ३ देशहरू(फ्रान्स, बेलायत र जर्मनी)का कुटनीतिज्ञहरूले इस्तानबुलमा प्रतिवन्ध राहत र आणविक मुद्दाको बारेमा छलफलपछि परामर्श जारी राख्न सहमत भएका छन् । इरानी कानूनी तथा अन्तर्राष्ट्रिय मामिला उप–विदेशमन्त्री काजेम घरिबादीले यसबारे जानकारी गराएका हुन् । इरानी प्रतिनिधिमण्डलको नेतृत्व राजनीतिक मामिला उप–विदेशमन्त्री माजिद तख्त–रावन्ची र घरिबादीले गरेका थिए

गाजाको भोकमरीको विरोधमा यमनमा र्‍याली

एजेन्सी। यमनको राजधानी सानामा दशौं हजार यमनीहरू भेला भइ विरोध प्रदर्शन गरेका छन् । घेराबन्दीमा परेको गाजा पट्टीको भोकमरीको विरोध गर्दै उनीहरु सडकमा उत्रिएका हुन् । सहभागीहरूले गाजामा भोकमरी बन्द गर,गाजामा युद्ध बन्द गर र गाजामा इजरायली नाकाबन्दी तुरुन्तै हटाइनुपर्छ लेखिएका ब्यानरहरू बोकेका थिए । इजरायलले महिनौंदेखि गाजामा मानवीय सहायता

एपस्टाइनसँगको सम्बन्ध ट्रम्पद्वारा पुनः अस्वीकार

अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिवंगत अमेरिकी फाइनान्सर जेफ्री एपस्टाइनसँग आफ्नो कुनैपनि सम्बन्ध नरहेको बताउंदै उनले डेमोक्र्याटहरूले यसलाई नक्कली प्रचार गरिरहेको आरोप लगाएका छन् । ट्रम्पले स्कटल्याण्ड प्रस्थान गर्नुअघि ह्वाइट हाउसमा पत्रकारहरूलाई आफ्नो उक्त व्यक्तिसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् । २००३ मा एपस्टाइनले आफ्नो ५० औं जन्मदिनको लागि

अमेरिकाले व्यापारिक साझेदारहरूलाई कर सम्बन्धी २ सय पत्र पठाउने

अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले आगामी दिनहरूमा व्यापारिक साझेदारहरूलाई व्यापारिक ट्यारिफ सम्बन्धी लगभग २ सय पत्र पठाउने बताएका छन् । संयुक्त राज्य अमेरिकाले हालै अगस्ट १ देखि आयात शुल्क लगाउने धम्की दिने व्यापारिक साझेदारहरूलाई दर्जनौं पत्रहरू पठाएको छ । अप्रिल २ मा अमेरिकी ट्यारिफ नीतिको घोषणा पछि

रूसद्वारा एकसाथ २० वटा उपग्रहहरू अन्तरिक्षमा प्रक्षेपण

काठमाडौँ। रूसले शुक्रवार २० वटा उपग्रहहरू सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । जसमा एउटा इरानी दूरसञ्चार उपग्रह पनि समावेश छ । रूसी राज्य अन्तरिक्ष निगम रोस्कोसमोसले सोयुज–२.१ बी वाहक रकेटले रूसको सुदूर पूर्वमा रहेको भोस्टोच्नी कोस्मोड्रोमबाट ८ः५४ मा उडान भरेको जनाएको छ । मिसनको प्राथमिक पेलोड आयोनोस्फेरा–एम उपग्रह नम्बर ३

जापानमा गर्मीको चेतावनी जारी

काठमाडौँ। जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले जापानभर गर्मी बढ्दै जाने अनुमानसहितको चेतावनी जारी गरेको छ । देशको धेरैजसो भागमा गर्मी बढेको चेतावनी जारी गरिएको छ । हालको उच्च तापक्रम जीवनको लागि खतरापूर्ण रहेको जेएमएले जनाएको छ । जसमा होक्काइडोका केही भागहरू, जसले रेकर्ड उच्च तापक्रम अनुभव गरेका छन् ।

स्पेनमा रोजगारी अहिलेसम्मकै उच्च

एजेन्सी। राष्ट्रिय तथ्याङ्क संस्थान (आईएनई) द्वारा बिहीवार जारी गरिएको तथ्याङ्कअनुसार स्पेनले रोजगारीमा ऐतिहासिक कोशेढुङ्गा हासिल गरेको छ । आर्थिक रूपमा सक्रिय जनसंख्या सर्वेक्षणले २०२५ को दोस्रो त्रैमासिकको अन्त्यमा लगभग २ करोड २२ लाख ७० हजार मानिसहरू रोजगारीमा रहेको देखाएको छ । जुन अघिल्लो त्रैमासिकको तुलनामा ५० लाख ३ हजार ३

सिरियाको स्वेइडामा हिंसा जारी रहँदा १ लाख ४५ हजार बढी विस्थापित

एजेन्सी। शनिवारको युद्धविराम घोषणाको बावजुद दक्षिणी सिरियाको स्वेइडा प्रान्त र वरपरका क्षेत्रहरूमा छिटपुट झडप, ड्रोन हमला र लडाईं जारी छ । युद्धविरामले ड्रुज लडाकुहरू र बेदुइन आदिवासी लडाकुहरू बीचको झडप समाप्त गरे पनि यसले ठूलो मात्रामा विस्थापन भएको छ । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्र संघ कार्यालयका अनुसार विस्थापितहरूको

भोको पेट, बन्द सटरः नाकाबन्दीका बीचमा गाजाको बजार

एजेन्सी। मध्य गाजा पट्टीको शहर देइर अल–बलहमा, बजार स्क्वायर एक समय व्यापारको एक चहलपहल केन्द्र थियो । अब भोकाएका परिवारहरू गम्भीर अभावको बीचमा खाना खोज्दै सडकमा घुमिरहेका छन् । स्थानीय मोहम्मद नास्सर आफू बिहानैदेखि बजारमा घुमिरहे पनि खानका लागि केही नपाएको सुनाउछन् । आफ्ना सन्तान तीन् हप्तादेखि भोकै रहेको उनले

इरानमा खडेरीः सरकारी कार्यालय बन्द र पानीमा प्रतिवन्ध

एजेन्सी। इरानी अधिकारीहरूले तेहरानसहित २२ प्रान्तहरूमा सरकारी कार्यालयहरू बन्द गरेका छन् । गर्मीको समयमा पानी र बिजुलीको अभाव भएसँगै व्यवस्थापन गर्न नसकेपछि चार अन्य प्रान्तहरूमा काम गर्ने घण्टा घटाएका छन् । देशभर तापक्रम ४० डिग्री सेल्सियस नाघेको र केही क्षेत्रहरूमा ५० डिग्री सेल्सियस नजिक पुगेको कारण यो निर्णय गरिएको हो

सम्वन्धित समाचारहरु