Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

पाकिस्तानमा अमेरिका–विरोधी प्रदर्शनमा २० को मृत्यु, १०० भन्दा बढी घाइते


पाकिस्तानमा अमेरिका–विरोधी प्रदर्शनमा २० को मृत्यु, १०० भन्दा बढी घाइते

एजेन्सी । पाकिस्तानमा आईतवार अमेरिका–विरोधी प्रदर्शनका क्रममा २० जनाको मृत्यु भएको छ । अन्य १०० भन्दा बढी घाइते भएका छन् ।

कराचीमा प्रदर्शनकारीहरूले अमेरिकी वाणिज्य दुतावास बाहिर प्रहरीसँग झडप गरेका थिए । प्रदर्शनकारीहरू दुतावास परिसरभित्र प्रवेश गर्न खोजेपछि सुरक्षा बलले कारबाही गरेको रेस्क्यु ११२२ सिन्धकाअनुसार बताइएको छ । घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा पु¥याइएको छ, जसमध्ये धेरैको अवस्था गम्भीर रहेको रेस्क्यु ११२२ सिन्धका प्रवक्ता हसन उल हसीवले बताउनु भयो । अमेरिकी दुतावास इस्लामाबादले विज्ञप्ति जारी गर्दै कराची र लाहोरका वाणिज्य दुतावासहरू तथा इस्लामाबादको दुतावास र पेशावरको वाणिज्य दुतावासमा सम्भावित प्रदर्शनहरूको निगरानी गरिरहेको जनाएको छ । यसले पाकिस्तानमा रहेका अमेरिकी नागरिकहरूलाई स्थानीय समाचारहरूको निगरानी गर्न, आफ्नो वरपर सजग रहन, भीडभाडबाट टाढा रहन र दर्ता अद्यावधिक राख्न सल्लाह दिएको छ ।

यी प्रदर्शनहरू इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको हत्या पछिको प्रतिक्रियाका रूपमा भएका हुन् । शनिवार अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमणमा तेहरानमा खामेनेईको हत्या भएको थियो । लाहोरमा सयौं कार्यकर्ताहरू अमेरिकी वाणिज्य दुतावास बाहिर जम्मा भएका थिए । जहाँ प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । इस्लामाबादमा अधिकारीहरूले सेक्सन १४४ लागू गरेका छन् । जसले सबै प्रकारका भेलाहरूमा प्रतिवन्ध लगाएको छ र उल्लङ्घनकर्ताहरूमाथि कडा कानूनी कारबाही गर्ने चेतावनी दिएको छ ।


प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?