Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

दक्षिण भारतमा पटाका कारखानामा विस्फोटः २१ जनाको मृत्यु


दक्षिण भारतमा पटाका कारखानामा विस्फोटः २१ जनाको मृत्यु

एजेन्सी । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको काकिनाडा जिल्लामा एक पटाका उत्पादन गर्ने कारखानामा भीषण विस्फोट हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

विस्फोट भएको स्थान वेटलापालेम गाउँ (समार्लकोटा मण्डल) मा रहेको सूर्या श्री फायरवक्र्स नामक कारखाना हो । मृतकमध्ये केही महिला पनि थिए । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । जसमध्ये केहीको अवस्था गम्भीर छ । मिडिया रिपोर्टकाअनुसार घटना हुँदा करिव ३५ देखि ४० जना कामदारहरू विस्फोटक पदार्थ मिसाएर पटाका बनाइरहेका थिए । विस्फोट यति शक्तिशाली थियो कि धेरै किलोमिटर टाढासम्म आवाज सुनिएको थियो । धेरै शवहरू जलेर चिन्न नसक्ने अवस्थामा पुगेका थिए । कारखानाको मालिक अदबाला श्रीनिवास पनि मृतकमा परेका छन् ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडुले मृतकका परिवारलाई प्रतिव्यक्ति २० लाख रुपैयाँ राहत घोषणा गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शोक व्यक्त गर्दै समवेदना प्रकट गर्नुभयो । यस्ता घटनाहरू पटाका कारखानामा सुरक्षा मापदण्डको उल्लंघन र लापरबाहीका कारण बारम्बार हुने गरेका छन् ।


प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?