Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

टर्कीको एफ–१६ फाइटर जेट दुर्घटना, पाइलटको मृत्यु


टर्कीको एफ–१६ फाइटर जेट दुर्घटना, पाइलटको मृत्यु

एजेन्सी । टर्कीको पश्चिमी बालिकेसिर प्रान्तमा बुधवार टर्कीको वायुसेनाको एक एफ–१६ फाइटर जेट दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा जेटका पाइलटको मृत्यु भएको टर्कीको रक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार स्थानीय समयअनुसार राति १२ः५६ बजे (जीएमटी २१ः५६) बालिकेसिरको ९ औं मुख्य जेट बेस कमान्डबाट उडान भरेको उक्त एफ–१६ सँग रेडियो सम्पर्क तथा स्थानको जानकारी हराएको थियो । तुरुन्तै शुरु गरिएको खोज तथा उद्धार कार्यमा विमान दुर्घटनाग्रस्त भएको पुष्टि भएको र यसको भग्नावशेष फेला परेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको मन्त्रालयले बताएको छ ।

पाइलटलाई शहीद घोषणा गर्दै मन्त्रालयले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । यो घटना इस्तानबुल–इज्मिर राजमार्ग नजिकै भएको बताइएको छ । जसले गर्दा क्षेत्रमा व्यापक भग्नावशेष छरिएको थियो ।


प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?