तुलसीपुर–१९ छिल्लीकोटका प्रविर पुनले फोन गर्न डाँडोमा पुग्नुपथ्र्यो । डाँडोमा पुग्दा पनि ‘नेटवर्क’ले राम्रोसँग काम गर्दैनथ्यो तर अहिले उहाँको मोबाइलमा ‘फोरजी’ चल्न थाल्यो । छिल्लीकोटमै बनेको टेलिकम टावर सञ्चालनमा आएपछि उहाँको मोबाइलमा फोरजी चल्न थालेको हो । “पहिले फोन गर्न नै डाँडोमा पुग्नुपथ्र्यो, प्रविधिको जमाना छ, नेट चलाउन पनि डाँडामै
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा थाइराइड परीक्षण सुरु भएको छ । अस्पतालकोे सेवा विस्तारका क्रममा पहिलोपटक थाइराइड परीक्षण सुरु भएको हो । उपचार केन्द्रमा सिएलआइए मेसिन जडान भएपश्चात् प्रयोगशाला विभागमा थाइराइड परीक्षण सुरु भएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । “अस्पतालको सेवा
सडक विभागले काठमाडौँ उपत्यकामा सवारीसाधनको चाप बढी रहेका ५५ स्थानमा एकीकृत ट्राफिक बत्ती जडान गर्ने भएको छ । हाल उपत्यकामा सञ्चालनमा रहेका ट्राफिक बत्तीमा एकीकृत प्रणाली नहुँदा त्यसले अपेक्षाअनुसार सवारीसाधन व्यवस्थापन हुन नसकेको भन्दै विभागले नयाँ प्रणालीको तयारी अघि बढाएको हो । विदेशी विज्ञ बोलाएर ५० देखि ५५ चोकमा नयाँ
बिपी राजमार्गको छेउमै बर्दिबास नगरपालिका–३ गौरीडाँडास्थित इलाका प्रहरी कार्यालय बर्दिबास परिसरमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएपछि विद्युतीय चार्जका सवारीसाधन (इभी) का चालक दङ्ग छन् । यो स्टेसन सञ्चालनमा आएपछि सवारीसाधन चार्ज गर्न निकै सहज भएको इभी सवारी चालकको भनाइ छ । पूर्वपश्चिम राजमार्गसँगको बर्दिबास–सिन्धुली–काठमाडौँ, बर्दिबास–गाईघाट–चतरा, बर्दिबास–मन्थली–दोलखा र बर्दिबास–घुर्मी–ओखलढुङ्गासँगै खोटाङ र
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७६ दशमलव ६४ अङ्कले उकालो लागेर दुई हजार एक सय ७७ दशमलव ३४ मा पुगको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२ दशमलव ७२ अङ्कले बढेर
‘ब्याट्री डाउन’ भएर ‘स्टार्ट’ नै नहुने भएपछि खोटेहाङ गाउँपालिकाको बारुणयन्त्र (दमकल) दुई वर्षदेखि थन्किएर बसेको छ । प्रदेश नं १ नं सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विसं २०७७ असोज २९ गते गाउँपालिकालाई दमकल हस्तान्तरण गरेको थियो । विराटनगरबाट ल्याएको केही महिनापछि नै ब्याट्री डाउन भएको दमकललाई गाउँपालिकाको केन्द्र खोटाङबजारस्थित
अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने भएको छ । इन्टरनेट नभएको अवस्थामा पनि रकम भुक्तानी गर्न मिल्ने सुविधा ‘फोन पे’ले ल्याएको हो । शुक्रबार यहाँ सम्पन्न एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा निलम ढुङ्गानाले नयाँ ‘प्रडक्ट’को उद्घाटन गर्नुभयो । उहाँले फोन पेको अफलाइन फिचरको पूर्ण सफलताको शुभकामना
१४ माघ, काठमाडाैँ। करीब तीन घण्टा डाउन भएका अधिकांश सरकारी वेबसाइट सञ्चालनमा आएका छन्। शनिबार दिउसो अचानक डाउन भएर ठप्प भएका वेबसाइटहरू सुचारू भएका हुन्। सरकारी वेबसाइटको निर्माण, मर्मत र डेटा सेन्टर सञ्चालन गर्दै आएको राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएकाले सबैतिर समस्या देखिएको जानकारी दिइएको छ। केन्द्रमा ह्याकरले आक्रमणको
१४ माघ, काठमाडाैँ। अधिकांश सरकारी कर्यालयका वेबसाइट डाउन भएका छन्। शनिबार दिउँसोबाट अधिकांश सरकारी वेबसाइट नचल्ने भएका हुन्। सर्भरमा आएको समस्याका कारण प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय, विभाग लगायतका साइट चलेका छैनन्। त्यस्तै, अध्यागमन विभागको साइट समेत डाउन हुँदा अन्तर्राष्ट्रियतर्फका उडान ठप्प भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अध्यागमनको साइट
भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर तथा चितवनको सिएमसी क्यान्सर इन्स्टिच्युटबीच सीप, अनुसन्धान र प्रविधि आदनप्रदानसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरका निर्देशक प्रा डा सुधिरकुमार रावल र चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले हस्ताक्षर