Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

टोखामा विद्यार्थीलाई निःशुल्क कम्युटर तालिम


८ वैशाख, काठमाडाैँ । टोखा नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका ८० विद्यार्थीलाई निःशुल्क कम्युटर तालिम प्रदान गर्ने भएको छ ।

टोखा नगरपालिकाले स्काई भिजन फाउन्डेसन प्रालिको सहकार्यमा नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई निःशुल्क कम्युटर तालिम प्रदान गर्न लागेको हो । टोखा नगरपालिका शिक्षा शाखाका अधिकृत खगेन्द्रसिंह धामीले टोखाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने र समयानुकूल सीपमूलक कम्युटर ज्ञान प्रदान गर्ने उद्देश्यले तीनमहिने कम्युटर तालिम प्रदान गर्न लागिएको जानकारी दिए ।

उक्त तालिममा टोखाभित्रका सामुदायिक विद्यालयबाट एसइई दिएर बसेका जेहन्दार, आर्थिकरूपमा विपन्न, महिला तथा दलित र जनजाति विद्यार्थी सहभागी हुने बताइएको छ । टोखाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि वार्षिकरुपमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित सो नगरपालिकाका ११ वडाका १० सामुदायिक विद्यालयमा छ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।


प्रकाशित मिति: ८ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?