Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

सिसी क्यामेराले काम नगर्दा व्यवसायी समस्यामा


४ वैशाख ,तुलसीपुर । दाङ तुलसीपुरको मुख्य बजारमा नयाँ सिसी क्यामेरा जडान गरिँदा समस्या देखिएको छ । रातको समयमा सडक बत्ती पनि नबल्ने र पुराना सिसी क्यामेराले पनि काम नगर्ने भए पछि विशेष गरी व्यवसायी मर्कामा पर्दै आएका छन् ।

साविक राप्तीको व्यापारिक केन्द्रका रुपमा रहेको तुलसीपुरमै नयाँ सिसी क्यामेरा र सडक बत्ती नहुँदा घाम डुबेपछि पसल बन्द गर्नुपर्ने बाध्यता रहेको व्यवसायी घनश्याम डाँगीले बताए । “सिसी क्यामेरा छैनन्, बत्ती पनि छैनन्”, उनले भने, “त्यसले पसल सुरक्षित हुने अवस्था नभएपछि दिउँसै पसल बन्द गर्नुपर्ने अबस्था छ ।”

व्यवसायी मात्रै होइन, रातिमा यात्रुलाई पनि समस्या हुने गरेको छ । बजारमै सिसी क्यामेरा नहुँदा चोरीका घटना पनि बढिरहेका छन् । सडक बत्ती नबल्दा व्यवसायी आफैले राखेका सिसी क्यामेराले पनि काम गर्दैनन् ।

व्यवसायीले कर तिर्दै आएको भएयता सहज सेवा नपाएको गुनासो गर्दै आएका छन् । तुलसीपुरका विभिन्न स्थानमा एक सय २५ वटा सौर्य बत्ती जडान गरिए पनि ती बत्तीले काम गर्न छाडेको वर्षौं भयो तर, पनि मर्मतका लागि चासो छैन ।

सडक बत्ती राख्दा रु एक करोड बढी खर्च भएको छ । सौर्य बत्ती वातावरणीय प्रदूषणलगायत विभिन्न कारणले बल्न छाडेको उपमहानगरपालिकाका इन्जिनियर पवनकुमार योगीले बताए। ठेकेदार सम्पर्कमा नआउँदा सडक बत्ती मर्मत गर्न नसकिएको जनप्रतिनिधि बताउँछन् ।

तत्कालीन नगरपालिका हुँदा सौर्य बत्तीको सम्झौता भएको थियो । यसपछि नयाँ जनप्रतिनिधि आएर ठेकेदारलाई मर्मतका लागि बोलाए । पहिलो पटक ठेकेदार आए पनि त्यसपछि भने ठेकेदार सम्पर्कमै नआएको तुलसीपुर–५ का वडाध्यक्ष वीरेन्द्र शाहले बताए ।

सडक बत्ती र सिसी क्यामेरा नहुँदा शान्ति सुरक्षा कायम राख्न पनि समस्या पुगेको जनाइएको छ । पटक–पटक चोरी हुनेक्रम बढेको छ । अठार क्यामेरा र रातको समय खिच्न मिल्ने सिसी क्यामेराको माग गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए ।


प्रकाशित मिति: ४ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?